राष्ट्रिय आवास कम्पनीले तत्काल जग्गा हस्तान्तरण नगरे हस्तक्षेप गरेर लिन्छौं : मेयर बुढाथोकी

2024-07-26 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय आवास कम्पनीले मेचीनगर क्षेत्रमा रहेको सार्वजनिक प्रयोजनका जग्गाहरू तत्काल हस्तान्तरण नगरे नगरपालिकाले हस्तक्षेप गर्न बाध्य हुने बताएका छन् ।

आवास कम्पनीले मेचीनगर(६ स्थित सार्वजनिक प्रयोगमा रहेका जग्गाहरु हाल सम्मपनि स्थानीय तह वा सम्वन्धित संस्थाहरुलाई विधिसम्मत हस्तान्तरण नगर्दा समस्या भएको बताउँदै नगरप्रमुख बुढाथोकीले तत्काल उक्त जग्गा हस्तान्तरण गरिनुपर्ने बताए ।

विगत ३३ वर्ष देखि सम्बन्धित निकायमा यहाँका जनप्रतिनीधि, राजनीतिक, सामाजिक नेतृत्वले निरन्तर प्रयत्न गरिरहयो त्यहि क्रममा हामी २०७९ मा निर्वाचित भएपछी पनि उक्त कार्यलाई अगाडि वढाउन तीव्रता दिइयों उनले भने, पटक पटकको प्रयत्नवाट पनि समस्या समाधानमा राष्ट्रिय आवास कम्पनिले अग्रसरता देखाएन ।

अब अति भयो कुरेर बस्न नसक्ने भन्दै आफुहरू स्थानीय तहको हैसियतले त्यस कार्यको बिरूद्धमा डटेर लाग्ने बताए ।

पछिल्लो पटक ०८१ श्रावण ४ गते पनि कम्पनिकै कार्यालयमा महाप्रबन्धकज्यू सँग लामो छलफल भयो तर समस्या समाधानको सुनिश्चिता भएन । यसरी बारम्बार आश्वासन त्यसपछि निराशा यो क्रमको अन्त्य हुनुपर्छ ।

२०४९ सालको मन्त्रिपरिषद्‌को निर्णयवाट तत्कालिन वस्ति विकास कम्पनिलाई सो क्षेत्रको ६० विगाहा जग्गालाई व्यवस्थित वसोवास गराउने उदेश्यले हस्तान्तरण गरिएको जग्गाहरु मध्ये विक्री गर्न पर्ने अधिकांश जग्गा उक्त कम्पनिले विक्री गरेर रकम वुझी सकेको तर सार्वजनिक उपयोगका जग्गाहरु हाल सम्म हस्तान्तरण गरिएको छैन, केहि विक्री गर्ने जग्गाहरु समेत दर रेटको मोलमोलाइका कारण वसोवासीले घनिपुर्जा प्राप्त गर्न वाँकी छ । वसपार्क, क्याम्पस, विद्यालय, खेलमैदान लगायत थुप्रै सार्वजनिक प्रयोगका जमिनहरूमा धनिपुर्जा अभावमा स्थाई र विकशित संरचना वनाउन नपाइएको उनको भनाइ छ ।

निश्चित क्षेत्रको जमिनमा अस्वभाविक सर्त राखेर मोलमोलाइ गरिरहेको छ । वि।स। २०२१र०२२ को दशक देखि अग्रजहरुले, तात्कालिक राज्यका सरोकारवाला निकायहरुले सार्वजनिक हित र प्रयोगका लागी सुरक्षित गरेको जग्गाहरु व्यापार गर्ने सरकारी कम्पनिले विगत लामो समय देखि हस्तान्तरण नगरी व्यवस्थित जग्गा विकास तथा शहरी व्यवस्थापनमा अवरोध हुन गएको छ ।
तसर्थ १। देवकोटा पार्क र शौचालयको जग्गा २। काकरभिट्टा खेल मैदानको जग्गा ३। सार्वजनिक शौचालयको जग्गा ४। वडा कार्यालय क्षेत्रको जग्गा ५। विपी पुष्पलाल एवं शहिद स्मृति वाटिका को जग्गा ६। दमकलको लागि छुट्याइएको जग्गा ७। सब्जीबजारको जग्गा ८। मासुबजारको जग्गा ९। काकरभिट्टा क्याम्पस र काकरभिट्टा मा।वि। को जग्गा १०। शिवालय मन्दिर, भिमसेन मन्दिर र धर्मशाला क्षेत्रको जग्गा ११। श्रीजंगा पुस्तकालयको जग्गा १२। श्रीजंगा बसपार्कको जग्गा १३। मिनि मार्केटको जग्गा १४। खानेपानीको जग्गा १५। महिला विकास संस्थाको जग्गासहित अन्य केहि सार्वजनिक जमिनहरु तत्काल निशर्त हस्तान्तरण गर्न राष्ट्रिय आवास कम्पनिको ध्यानाकर्षण गराउँदछौ । अन्यथा हाम्रा सार्वजनिक जग्गाहरु हस्तान्तरण नगर्ने हो भने आवास कम्पनिको मेचीनगरस्थित अन्य जमिनहरु सार्वजनिक महत्वका कार्य संचालनका लागी प्रयोगमा ल्याउन वाध्य हुनुपर्ने अवस्था आउने छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु