धितोपत्र बजार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

2024-07-26 मा प्रकाशित

मेचीनगर । नेपाल धितोपत्र बोर्डको आयोजना एवम् मेची उद्योग वाणिज्य संघको समन्वयमा पूँजी, बजार शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा राजनीतिक कर्मी, उद्योगी, ब्यवसायी, सहकारी कर्मी र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा नेपाल उद्योण वाणिज्य महासंघका केन्द्रीय सदस्य  नरेन्द्र खड्काले कार्यक्रमको औचित्य प्रकाश पारेका थिए ।

कार्यक्रममा धितोपत्र बोर्डका निर्देशक गणेश श्रेष्ठले धितोपत्र, वित्तीय साक्षरता लगायतको बारेका प्रकाश पारेका थिए । उनले नेपालमा ७०.६ प्रतिशत साक्षरता रहेको भएपनि वित्तीय साक्षरता भने ५७.९ मात्र रहेको बताए । वित्तीय साक्षरताको संख्या बढाएर घर सञ्चालनको क्रममा ब्यक्तिले समेत बजेट बनाएर वार्षिक कार्यक्रम सञ्चालन गरेको खण्डमा हरेक परिवारले समृद्धि हासिल गर्न सक्ने उनको भनाइ थियो ।
मेची उद्योग वाणिज्य संघको अध्यक्ष खेमराज प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले र सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु