मेचीनगर पोलिटेक्निकल इन्स्टिच्यूटमा भर्ना खुल्यो, किस्ताबन्दीमा शुल्क तिर्न पाइने

2020-09-15 मा प्रकाशित

मेचीनगर, ३० भदौ । मेचीनगर नगरपालिकाले सीटीइभीटीसँगको साझेदारीमा धुलावारी क्याम्पसमा सञ्चालन गरेको उच्च तहको प्राविधिक कलेज ‘मेचीनगर पोलिटेक्निकल इन्स्टिच्यूट’ले विद्यार्थीको भर्ना खुल्ला गरेको छ ।

मेचीनगरमा पहिलोपल्ट सरकारी स्तरमा खुलेको यो प्राविधिक कलेजमा ३ वर्षे डिप्लोमा तहको आर्किटेक्चर इन्जिनियरिङ र सूचना प्रविधि विषयका दुई वटा शैक्षिक कार्यक्रम सञ्चालन हुने कलेजका प्रमुख प्रशासक पुष्पराज पौडेलले बताए ।

४८र४८ गरी कूल ९६ जना विद्यार्थीको कोटा रहेको र त्यसका लागि भदौ २६ गतेदेखि भर्ना आवेदन खुला गरिएको इन्स्टिच्यूटका प्रमुख व्यवस्थापक होमनाथ भण्डारी बताउँछन् । भर्ना फाराम भर्ने म्याद असोज १४ गतेसम्म तोकिएको उनले जानकारी दिए ।

मेचीनगर १० र १५ नं। वडाको सीमाना रघुबीरबाडीस्थित धुलावारी क्याम्पसको भव्य भवनमा नै ‘मेचीनगर पोलिटेकिनकल इन्स्टिच्यूट’ सञ्चालन हुने भएको छ ।

कलेजको सञ्चालनका सबै निर्णयहरु मेचीनगर नगरपालिकाले गरेको हो । प्राविधिक कलेजको प्रिन्सिपलको रुपमा इन्जिनियर रुद्र मैनालीलाई नियुक्त गरिएको छ ।

कलेजले अध्ययन शुल्क समेत सार्वजनिक गरेको छ । जस अनुसार विद्यार्थीले ३ वर्षका लागि एक लाख ९० हजार रुपैयाँ मात्रै तिर्नुपर्नेछ ।

प्रमुख प्रशासक पौडेलका अनुसार शुल्क समेत चरणबद्ध तिर्ने व्यवस्था मिलाइएको हुँदा अभिभावकलाई खासै भार पर्दैन ।

प्रथम चरणमा भर्ना शुल्क ४० हजार र पहिलो सेमिस्टारको शुल्क २५ हजार रुपैयाँ तिरेपछि विद्यार्थीले पढाई सुरु गर्नेछन् । त्यसपछि हरेक ६ महिना ९सेमिस्टार०मा २५ हजारका दरले शुल्क तिर्नुपर्नेछ ।लोकतन्त्रपोष्टबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु