प्रेस क्लब मेचीनगरको “भिडियो इडिटिङ्” तालिम

2024-08-03 मा प्रकाशित

मेचीनगर । प्रेस क्लब मेचीनगरले मेचीनगरका सञ्चारकर्मीहरुका लागि “भिडियो इडिटिङ्” तालिम सुरु गरेको छ ।

पहिलो चरणअन्तर्गत शनिबार क्लबको कार्यालय इटाभट्टामा फोटो तथा भिडियो सम्पादन सम्बन्धी तालिम आयोजना गरियो ।

नगरका २० बढी सञ्चारकर्मी सहभागी तालिमको सहजीकरण कान्तिपुर दैनिकका कोशी प्रदेश प्रमुख पत्रकार पर्वत पोर्तेलले गरेका थिए ।

तालिमपछि सहभागीको तर्फबाट बोल्दै क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्ष मुक्ति पौडेललगायतले तालिम अत्यन्त फलदायी भएको धारणा राखे ।

उनीहरुले तालिमलाई प्रेस क्लब मेचीनगरको “भिडियो इडिटिङ्” तालिमदोस्रो, तेस्रो चरणसम्म सञ्चालन गर्न आग्रह गरे ।

सहजकर्ता पोर्तेलले आफू ‘ट्रेनर’को रुपमा भन्दा पनि आफूसँग भएको सीपलाई अन्य सञ्चारकर्मीसमक्ष पु¥याउने उद्देश्यले तालिममा सहभागी भएको बताए । उनले भद्धा सामग्री पाठकले हेर्न छाडेको बताउँदै प्रविधिको बढ्दो प्रयोगको चुनौतीको सामना गर्दै अघि बढ्न जरुरी भएको सुझाव राखे ।

आफ्ना सदस्यहरुलाई प्रविधिमैत्री बनाउने सोचले मल्टिमिडिया तालिमको सुरुवात गरिएको क्लबका अध्यक्ष डम्बर बरालले बताए ।

क्बलका अध्यक्ष बरालको अध्यक्षता रहेको तालिममा स्वागत कोषाध्यक्ष विनिशा शर्मा र स्वागत उपाध्यक्ष जीआर धितालले गरेका थिए ।

सहभागीको माग बमोजिम तालिमलाई आगामी शनिबार विहान ८ बजेबाट सञ्चालन गरिने सो अवसरमा जानकारी दिइएको थियो ।

क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत शुक्रबार मेचीनगर–४, बाहुण्डाँगीस्थित प्रकृति पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको थियो ।

तस्विरस् खगेन्द्र घिमिरे

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु