धुलाबारी क्याम्पसको क्याम्पस सभा, नीतिगत सस्याका कारण अपेक्षाकृत शैक्षिक सुधार हुन सकेन : मेयर बुढाथोकी

2024-08-11 मा प्रकाशित

डम्बर बराल

मेचीनगर । मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले राज्यको पुनःसंरचना पछि संघीय तहलाई गर्हुङ्गो बनेको माध्यमिक तह सम्मको शिक्षा कानुन निर्माण नगरी स्थानीय तहलाई हस्तान्तरण गरेका कारण शिक्षाको विकासमा खासै प्रभावकारी काम हुन नसकेको बताएका छन् ।
धुलाबारी क्याम्पसको शनिबार सम्पन्न क्याम्पस सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । शैक्षिक सुधारकोलागि भन्दापनि मर्मत सम्भार र भौतिक संरचना निर्माणमै तीन वर्ष बित्न लाग्यो उनले भने, ‘संघीय सरकारको कानुनसँग नवाझिनेगरी नियमावली बनाएर काम गर्नु पर्ने परिस्थित छ । लगाम जति माथि राखेर घोडा चराउ भनेर अधिकार दिएको जस्तो भएको छ ।’
‘मेचीनगरमा ४२ वटा सामुदायिक विद्यालयहरु छन् । केही विद्यालयबाहेक सबै विद्यालयको अवस्था दयनीय छ,’ उनले भने, ‘आफूहरु निर्वाचित भएर आएपछि पहिलो छलफल शिक्षा सुधारको लागि भएको थियो । तर नीतिगत सस्याका कारण विद्यालयको भौतिक सुधारको काम मात्रै हुँने गरेको छ । शैक्षिक सुधारको लागि नविनतम काम हुन सकेन ।’
उनले धुलाबारी क्याम्पसलाई इन्जिनियरिङ कलेज निर्माण गर्न नगरपालिकको तर्फबाट भरपुर सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । ‘हामी निर्वाचित भएर आउँदा धेरै विद्यालयमा पानी चुहिने अवस्था थियो आज त्यो समस्या क्रमश समाधान हुँदै आएको छ ।’ उनले थपे पानी चुहिने समस्या भएका विद्यालयको छानो फेर्ने र झ्याल ढोकाको समस्या हल गरेका छौं ।’
उनले कानुनको अभावमा शिक्षाको गुणस्तर सुधार गर्न कठिनाई भएको बताए । कानुन संसोधन गरेर स्थानीय तहलाई पूर्ण अधिकार नदिने हो भने शैक्षिक सुधार हुन नसक्ने उनको भनाई थियो ।
उनले मेचीनगरका तीनवटै कलेजलाई सहयोग गर्दै आएपनि त्यो किसिमको सहयोगलाई संघीय सरकाको महालेखा परीक्षकले बेरुजी निकालेको कारण थप समसया भएको बताए । .
पछिल्लो समय धेरै जसो सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या वर्षेनी घट्दै गएकोले विद्यायल मर्जिङ् गर्नुको विकल्प नरहेको उनको भनाइ थियो । सामुदायिक विद्यालयमा होस् या क्याम्पस विद्यार्थीको संख्या क्रमश घट्दै छ । यसको एउटै कारण हो गुणस्तरिय शिक्षा नहुँनु । क्याम्सपमा एडविशन भएको संख्या परीक्षासम्म आइपुग्दा आधा मात्र हुने गरेको छ । आधाजति पासपोर्ट बनाएर उच्चशिक्षाकालागि विदेश पलयन हुने क्रम बढ्दो छ । उनले भने


सो अवसरमा मेचीनगर १५ का वडाध्यक्ष गुणराज भट्राईले मेचीनगर १५ विकासको पूर्वाधारबाट पछि परेको स्मरण गराउँदै विचार्नी पूर्व निन्दा खोलमा पुल नहुँदा सो क्षेत्रका नागरिकले ठूलो सास्ती ब्यहोर्नुृ परेको बताए । पुल नहुँदा तीन किलो मिटर हिँडनु पर्ने बाटो १२ किमी सडक हिड्नु पर्ने वाडावासीको बाध्यता छ । त्यो परिस्थितिको अन्त्य गर्न अलपत्र अवस्थाको झोलुङ्गे पुल निर्माणको काम तत्काल थाल्नु पर्ने उनले बताए । पुल बनेपछि विचार्नी पूर्व निन्दा पारीका विद्यार्थीपनि धुलाबारी क्याम्पसमा प्राविधिक शिक्षा पढ्न सक्ने उनले बताए ।
तत्कालिन क्याम्पस निर्माण समितिका सचिव पुनित बंशलले अस्ताउँन लागेको क्याम्पसलाई फरक पहिचानका साथ स्थापित गर्न सफल भएको भन्दै समितिको कामको प्रशंसा गरे ।
क्याम्पसका अध्यक्ष भीम खवासको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष खवासले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै धुलाबारी क्याम्पसको विगत बर्तमान र आगामी योजनाका बारेमा प्रकाश पारेका थिए । २०४८ सालमा स्थापित क्याम्पस सरकारले कक्षा १२ सम्मलाई माध्यमिक तह मानेपछि विद्यार्थीको विद्याथीको अभावमा संकटमा थियो । पछिल्लो केही वर्षदेखि क्याम्पसले प्राविधिक शिक्षामा फड्को मारेको छ । क्याम्पसमा हाल स्नातक तहसम्मको सिभिल इन्जिनियरिङ कक्षा र मेचीनगर पोलीटेक्निक इन्स्टिच्युट सञ्चालन भइरहेको अध्यक्ष खवासले जानकारी दिए । कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख पुस्पराज पौडेलले गरेका थिए । २०७१ सालदेखि सिभिल इन्जिनियरिङ्ग सव ओभरसियर कक्षा सञ्चालन भए सँगै मेचीनगरमा प्राविधिक शिक्षा तर्फ आकर्षण बढ्न थालेको र २०७७ सालदेखि ३ वर्षे डिप्लोमा (आइटी सिभिल, र आर्केटेक्चर) साथै स्नातक तहको बिई सिभिल कक्षा सञ्चालन गरिरहेको क्याम्पस प्रमुख पुष्पराज पौडेलले बताए । क्याम्पसले आगामी असोजमा प्राविधिक क्याम्पसको औपचारिक उद्घाटन गर्ने जनाएको छ ।
          अध्यक्षमा पुन :  भिम खवास
मेचीनगर । मेचीनगर – १० स्थित धुलाबारी क्याम्पसको शनिबार सम्पन्न क्याम्पस सभाले अध्यक्षमा पुनः भीम खवासलाई सर्वसम्मत चयन गरेको छ ।


क्याम्पसको सभाहलमा आयोजित सभाले समितिको उपाध्यक्षमा पुनित बंशल, सदस्यहरूमा वीपी भट्टराई, कृष्ण कौशल, सुष्मा कार्की डोली, नमिता बुढाथोकी, शुशिला रिजाल, मेचीनगर नगरपालिका प्रमुख वा प्रतिनिधिबाट एक जना, कार्यक्रम संयोजक एक जना, पूर्वाञ्चल युनिभर्सिटीका प्रतिनिधि एक जना र सदस्य सचिवमा क्याम्पस प्रमुख पुष्पराज पौडेललाई सर्वसम्मत चयन गरेको छ ।
सभाले निर्वाचन सफलपार्न अधिवक्ता अजय घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो । समितिको सदस्यमा टीका पौडेल थिए । समितिको कार्यकाल ३ वर्षे रहने संयोजक घिमिरेले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु