प्रेस क्लबको आयोजनामा “मोबाइल भिडियो सम्पादन” तालिम सम्पन्न

2024-08-18 मा प्रकाशित

मेचीनगर । प्रेस क्लब मेचीनगरले शनिबार “मोबाइलबाट भिडियो सम्पादन” सम्बन्धी तालिम सम्पन्न गरेको छ । पत्रकारिता क्षेत्रमा मोबाइलको प्रयोग अतिआवश्यक हुँदै आएपछि क्लबले आफ्ना सदस्यलाई मोबाइलबाट भिडियो खिच्ने र सम्पादन गर्न दक्षताका लागि तालिम दिएको हो ।
पहिलो चरणमा फोटो सम्पादन सम्बन्धी तालिम दिइसकेको क्लबले यो पटक भिडियो सम्पादन सम्बन्धि तालिम दिएको हो ।
तालिममा १५ जना सञ्चारकर्मीलाई भिडियो खिच्दा ध्यान दिनुपर्ने र अपनाउनुपर्ने सावधानीका बिषयमा कान्तिपुर दैनिकका कोशी प्रदेश प्रमुख पत्रकार पर्वत पोर्तेलले सहजीकरण गरेका थिए । दृश्य छायांकनमा प्रयोग गरिने मोबाइल, एप्समा प्रयोग गर्ने तरिका र मोबाइलबाटै भिडियो, भ्वाइस र स्क्रिक्ट राखेर पुर्ण रिपोर्ट तयारी गर्न बिषयमा सहजीकरण गरेका थिए ।
सहजकर्ता पत्रकार पोर्तेलले दर्शक र पाठकले अपेक्षाअनुरुप सामग्री पस्कनुपर्ने समयको माग भएकाले समयनुसार पत्रकार अघि बड्न आवश्यक रहेको सिकाइको क्रममा उल्लेख गरेका थिए ।
तालीममा प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालले सहजकर्ता र सहभागी पत्रकारलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु