स्वास्थ्यकर्मी राम मगरको संयोजनमा बालकल्याणमा सचेतना

2024-08-21 मा प्रकाशित

मेचीनगर । मेचीनगर –५ स्थित बालकल्याण माविमा बिहीबार प्रजनन् स्वास्थ्य, यौनिकता, माहिनावारी स्वच्छता, किशोर– किशोरीमा आउँने शारिरीक परिवर्तन लगायतका विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
किशोर – किशोरी र युवाहरुलाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी स्वास्थ्य संस्थासँग प्राविधिक र व्यवस्था क्षमता अभिवृद्धि गर्न समुदायमा सचेतना जगाउँदै आएको एमपी एचडीले नगरका बिभिन्न वडामा कार्यक्रमलाई तीब्रता दिएको एमपी एचडीका वरिष्ठ कार्यक्रम अधिकृत हरिजंघ रायमाझीले बताए ।


कार्यक्रममा प्रजनन्स्वाथ्य, परिवार नियोजनका साधन, किशोर किशोरीमा आउँने शारिरीक तथा मानसिक परिवर्तन, यौनिकता सामाजिक हिंसा लगायतका विषयमा रश्मीका फार्मेसीका सञ्चालक स्वास्थ्य कर्मी पर्शुराम गिरीले प्रकाश पारेका थिए । कार्यक्रममा ६० बढी छात्र– छात्राहरुको सहभागिता रहेको थियो ।


कार्यक्रमको संयोजन निशा फार्मेसीका सञ्चालक एवम् स्वास्थ्य कर्मी राम मगरले गरेका थिए । उनले समाजमा विकृति र विसंगति मौलाउदै गएकोले त्यसलाई रोक्न तथा न्यूनिकरण गर्न यस किसिमको कार्यक्रमले सहयोग पुग्ने बताए । पछिल्लो समय लागू औषध दुर्व्यसनले समाज आक्रान्त बन्दै गएको भन्दै उनले सामाजिक हिंसा र लागू औषध दुर्व्यसन नियन्त्रणमा हरेक सचेत नागरिक, प्रहरी प्रशासन र अभिभावकको खवरदारी आवश्यक रहेको बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु