मेचे जातिको संस्कृतिमा आधारित मुभी “विक्रम देवा” असोज १४बाट प्रदर्शनमा आउँने

2024-09-20 मा प्रकाशित

झापा । मेचे जातिको सभ्यता, संस्कार र संस्कृतिमा आधारित कथानक चलचित्र विक्रम देवा आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउँने भएको छ ।
लोपोन्मुख जातिको रुपमा रहेको मेचे जातिलाई देश तथा विदेशमा चिनाउन विक्रम देवाको मुभी निर्माण गरिएको मुभीका डाइरेक्टर कुमार केसीले बताए । बिहीबार बिर्तामोड स्थित होटल पपुलरमा पत्रकार सम्मेलन गरी असोज १४ गते बाट मुभी प्रदर्शनमा आउँने बताउँदै उनले मेची जातिको जीवन भोगाइ, संस्कार र संस्कृति, भाषा लगायतका कुरालाई मुभीमा प्राथमिकताका साथ समेटेको जानकारी दिए ।
कुमार केसीको निर्देशनमा निर्माण भएको बिक्रम देवामा सुवास मेचे, प्रताप मेचे, सुनिल थापा, पुकार भट्टराई, उर्मिला कार्की, भावना मगर, सकिला गुरुङ, बिपिन प्रसाई, रोहन सेन्चुरी, रबिन मेचे, सत्यम मेचे, टेकराज बिक, अमर मेचेलगायत कलाकारहरुको अभिनय रहेको छ ।
१ करोड २० लाखको लागतमा निर्माण गरिएको भूभीको छायाङ्कन झापा तथा इलामका बिभिन्न भागमा गरिएको छ । लोपोन्मुख मेचे जातिको संस्कार संस्कृतिलाई उजागर गर्ने उद्धेश्यले पहिलो पटक ठूलो पर्दामा बिक्रम देवा चलचित्र निर्माण गरिएको निर्माता प्रताप मेचेले बताए ।
चलचित्र बिक्रम देवामा ३० प्रतिशत मेचे जातिको भाषा, धर्म, संस्कार, रीतिरिवाज समेटिएको र ७० प्रतिशत नेपाली भाषामा आधारित रहेको अर्का निर्माता अर्जुन मेचेले बताए
मेचे समुदायको बसोबास झापामा मात्र छ हाम्रो जातिलाई नेपालमै धेरैले चिनेको छैन् । उनले भने त्यसैले जातीय पहिचान, संस्कार र संस्कृति चिनाउन ठूलो रकम खर्चिएर मुभी निर्माण गरिउँ । उनले असोज १४ गते बिर्तामोड स्थित पाथिभरा सिने प्लाजामा प्रिमियर शो हुने भएकोले आएर मुभी हेरिदिन आग्रह समेत गरे ।
पत्रकार सम्मेलनमा चलचित्र बिक्रम देवाको पोस्टरसमेत सार्वजनिक गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु