नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन भोलि, सम्पूर्ण तयारी पुरा

2024-09-26 मा प्रकाशित

धुलाबारी, १० असोज । नेपाल जेसीजको क्षेत्र (क) सम्मेलन भोलिबाट सुरु हुने भएको छ । मेचीनगरको धुलाबारी स्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठान टाउन हलमा सुरु हुने सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
क्षेत्र ‘क’ सम्मेलन आयोजक समितिका निर्देशक एवम् धुलाबारी जेसीज वर्ष २०१३ का अध्यक्ष अनन्तप्रकाश वस्तीले असोज ११ र १२ गते भव्य र सव्यरुपमा सम्पन्न गर्न तयारी पूरा भएको जानकारी दिए । सम्मेलनमा क्षेत्र ‘क’ का ४३ वटा शाखा, जुजियर जेसीज १६ वटा, देशभर तथा नेपाल जेसीजका पदाधिकारीसहित करिव ६०० जना जेसीहरुको सहभागिता रहनेछ ।

पहिलो दिन उद्घाटन कार्यक्रमपछि थिम सेमिनार, जेनेरल एसेम्ली, सिनेटर वैठक, जुनियर जेसीजको वैठक, अन्तर शाखा वक्तृत्वकला र जेसीज नाइट हुनेछ ।
यस्तै दोस्रो दिनका कार्यक्रमहरुमा तालिम, जेनेरल एसेम्ली, नेपाल जेसीजको अवार्ड वितरण, समापन र विभिन्न क्षेत्रका १७ वटा उपसमिति निर्माण हुने बाहुनडाँगी जेसीजका अध्यक्ष एवम् सम्मेलनका प्रचारप्रसार समिति संयोजक देबु बानियाँले बताए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु