मेची कृषक सहकारीको क्षेत्रगत साधारण सभा सुरु

2024-10-27 मा प्रकाशित

मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको क्षेत्रगत साधारणसभा आइतबारबाट सुरु भएको छ ।
सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा अन्तर्गत आज पहिलोदिन मेचीनगर –२ भृकुटी स्थित ज्येष्ठ नागरिक सभाहलमा साधारण सभा सम्पन्न भयो । सो साधारण सभामा वडानम्बर १,२,३ र ४ नम्बर वडाका सदस्यहरु सहभागि बनेका थिए ।


सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको सभापतित्व तथा मेचीनगर – २ का वडाध्यक्ष दीपक बरालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि बरालले समाजमा विश्वासको संकट शिर्जना हुन थालेको बताए । दुई दशक यता देश तथा समाजमा सामाजिक र राजनीतिक परिवर्तन भए । विकासले क्रमश गतिलिँदै छ । उनले भने, “ १७ औं सताब्दीमा विकास भएका देशलाई हेरेर यहाँ केही भएको छैन भन्नेहरुका कारण आज देशमा निराशा चुलिँदै गएको छ । हामीले निराशावादी सोचलाई त्याग्नु पर्छ । ”
उनले बर्तमान समयमा समाज र देशमा अराजकता हावी हुँदै गएको बताए । समाजमा उदण्डता मौलाएको छ, यसलाई रोक्न जरुरी छ, उनले भने, “सहकारीबाट लिएको ऋण तिर्नु पर्दैन भन्नेहरुले वित्तीय क्षेत्रमा विश्वासको संकट सिर्जना गरेका छन् ।”


सो अवसरमा सहकारी संस्थाका अध्यक्ष बुढाथोकीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । भने लेखा प्रतिवेदन लेखा संयोजक कमल बाँस्तोलाले प्रस्तुत गरे ।
भृकुटी सेवाकेन्द्रका संयोजक कमल थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहकारी संस्थाका ब्यवस्थापक दीपक काफ्लेले गरेका थिए ।
क्षेत्रगत साधारण सभा अन्तर्रगत भोलि कात्तिक १२ गते मेचीनगर – ५ सिर्जनाचोक स्थित सामुदायिक पोष्ट हार्भेष्टमा र कात्तिक १३ गते मेचीनगर –७ स्थित विष्णुनारायण मन्दिरमा कार्यक्रम आयोजना हुने ब्यवस्थापक काफ्लेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु