विछोड केन्द्र बन्दै छ, नेपालको हावाइ अड्डा

2024-11-02 मा प्रकाशित

खेमराज थाम्सुहाङ्ग
झापा । अहिलेको समयमा नेपालको हावाइ अड्डा (International Airport) एउटा विछोड–रुने केन्द्र बनेको देखिन्छ । सबैलाई नराम्रो लाग्छ । यस अवस्थाका सिलसिलालाई हेर्दा नेपालको विकास र त्यससँग जोडिएको शासक वर्ग र राजनीति दलहरुलाई हेर्नुपर्ने हुन्छ ।

श्री ५ वडामहाराज पृथ्वीनारायण शाहकोे समय वि. सं. १७९९ देखि हेर्दै आउँदा १०४ वर्षे राणा शासन, १० वर्षे प्रजातन्त्र र ३० वर्ष पञ्चायती व्यवस्था हेदै आउँदा वर्तमान समयसम्म बाहिरी र आन्तरिक अवस्था र व्यवस्था सुध्रेको देखिएको छैन । यस अवधिभित्र शासक र पुराना–नयाँ सबै दलहरुलाई हुर्नेुपर्ने हुन्छ । सबै दलहरुको घोषणापत्र राम्रो छ । जनप्रतिनिधिहरुले पनि देश विकास, जनआवाज बोल्छ, सरकार (सत्ता) पक्ष विरोधी अभाव पनि उठाउँछन् । व्यवहारिक पक्ष नभएर खरो आवाज मात्र धेरै भएर होला त्यसको प्रभाव पालिका हुँदै टोल र व्यक्ति–व्यक्तिमा असर परेको देखिन्छ ।
यस प्रकारको चालले देशको माया, विकास निमुखा, सोझा र अल्पसंख्या नागरिकहरुको जीवन सहज जीउने र जीवनशैली, राष्ट्रियको पहिचानबारे कसले सोच्ने ? किनभने यो स्तर माथिल्लो सतहको हो । दलले ? व्यक्तिले ? कुन समुदायले ? दोस्रो–तेस्रो मुलुकले ?

अन्य देशको सम्बन्ध देखिरहेको छौँ, नेताहरुको दुर्दशा र व्यवहार हामीले भोगी रहेका छौँ । अवस्था र समयले ठाउँ अनुसार विकास हुन्छ । तर योजना सहितको नागरिकलाई देश पे्रमको भावना जोगाउँदै, भौतिक क्षेत्रमा सकारात्मक अभिवृद्धि विकास गराउँदै संवृद्धि लानु चै साँचिकै विकास भन्ने बुझिन्छ । २००७ साल देखि नै प्रजातन्त्र आएता पनि नेतृत्व पङ्ती कठपुतली भएको मात्र देखिन्छ ।
चलचित्र शैलीमा अरुकै निर्देशनमा अभिनय गर्दै, लगानीकर्तालाई नाफा पु¥याउँदै आफू रङ्गमञ्चकर्मीको रुपमा परिश्रमिक र सुविधामा सीमित भई देशलाई नाटक मञ्च मात्र बनाएको हो कि ? यि सबै पक्षहरुलाई क्रमिक रुपमा केलाएर हेर्ने? विश्लेषण गर्ने ? र यो देशको माया गर्ने नागरिकहरुको निष्पक्ष भएर सोच्ने समय ढिलो भए जस्तो लाग्छ ।
२०३६ सालको जनमत सग्रह (बहुदल÷निर्दल) को चुनावलाई हेर्दा पनि एउटा ठूलो क्ष्यती (संकट) बाट बच्न सफल भएको देखिन्छ । तत्कालिन घटनाको श्रेय वा देन कसलाई दिन सकिन्छ यो पनि सोँचौँ सबैले ।
ठिक चार वर्ष अगाडि २०३२ साल तथा इ. सं. १९७५ मा सिक्सिम देशमा दोर्जे लेनडुपको अभिनयमा राजा छोगेल नाम्गेल विपक्षमा जनतालाई उचालेर जनमत सग्रह गराए र प्र. म. बने र केहि समय पछि भारतको २२ औँ प्रान्त (राज्य) बन्न पुग्यो । दोर्जे लेड्पको कथाले मागे अनुसार प्रमुख भूमिका खेली आफ्नो कार्यक्षेत्रमा सफल अभिनय गरेता पनि जनता र माटोको अस्तित्व बचाउन असफल भएको इतिहास साँची देखिरहेकाछ ।
हु–वहु त्यसकै प्रतिलिपि (इ. सं. १९७९) तथा वि. सं. २०३६ मा हाम्रो देश नेपालमा पनि यही प्रविधिको अभ्यास गरिएका थिए । उक्त समय नेपालमा पनि कुनै एक दलको पक्षमा लेड्पको चरित्रको अभिनय त गरेका थिए होला ? कसको विश्वास गर्नु? को माथि भर पर्नु ?

क्रमिक रुपमा वि. सं. २०४६ सालमा प्रथम जन–आन्दोलन हुँदै २०६२÷०६३ मा फेरि दोस्रो जनआन्दोलन भए । आन्दोलन, सहिद, चुनाव सरकार फेरवदलको घटना अनगन्ती छ । नेपाली जनता पनि पलायन र विलयनको क्रम जारी छ । उड्ने र गुड्ने स्थानमा विछोड–रुनेको संख्या बड्याबडै छ ।
लोकतन्त्रात्रिक संघीय व्यवस्था, धर्मनिरपेक्ष, राष्ट्रपति, पञ्चवर्षे चुनाव, मौलिक हक यी सबै अमेरिका, वेलायत, फ्रान्स, जर्मन राज्यहरुमा पनि छ तर त्यस्तो व्यवस्थाले दिएको विकास किन नेपालमा छैन त ? कि दिने र माग्ने बिचको मोडल नमिलेर हो क ? कि त अभिनयकर्ताले ल्याउँदा–ल्याउँदै विस्रेर अथवा स्पष्ट नसुनि नबुझि यता आफ्नै स्वइच्छा भूमिका निभाउँदा कथामा नमिलेर हो कि ? फेरी कथाअनुसार मिल्यो भने सिक्किमको अवस्था हुन पुग्ला भन्ने डर पनि छ ? कि त पात्रहरुले विदेशी लहुरो देखिउँदै स्वदेशी भेडा तर्काउने काम गर्दै आफू र आफ्ना आसेपासे मात्र पोसिने उद्देश्य लिएको हो कि ? खै क्या हो ? क्या हो ? अव तपाई हामीले नेपालको राजनीति इतिहासलाई फर्केर हेरौँ । प्रत्येक दल र सबै नेताको कार्यशैली र क्षमता निहाल्यौँ, शासक र सत्तापक्षको नारा लगाएर मात्र नहुँदो रहेछ भनेर बुझ्नु पर्छ ।
मतदाता नै सचेत र निर्देशक हुनु पर्ने हुन्छ । लोकतन्त्र र धर्मनिरपेक्ष व्यवस्थाको गुलियो स्वाद प्रत्येक नेपाली तहतप्कमा बसेकाहरुले चाख्न पाउनु पर्छ भन्ने हाकि स्वभावका नेतृत्व व्यक्तिलाई सहतबाट चुन्नु पर्ने हुन्छ । जसले देशको चार किल्ला र जनताको संरक्षण नि–स्वार्थरुपमा गर्न सकोस् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु