कोशीका पूर्वमन्त्री अधिकारी मानव तस्करीको आरोपमा पक्राउ

2024-11-10 मा प्रकाशित

झापा, २५ कार्तिक । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभाका सांसद तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई पक्राउ गरिएको छ । अदालतबाट पक्राउको अनुमति पाएपछि अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अधिकारीलाई हवाइजहाजमा काठमाण्डौ पठाउने तयारी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

नेकपा एमालेबाट आन्तरिक मामिला तथा कानून मन्त्री रहनु भएका अधिकारी केही दिन अघि सरकारी प्रक्रियालाई उल्लघंन गर्दै जापान जानु भएको थियो । जापान जानेक्रममा अन्य तीन जना असम्बन्धीत व्यक्ति समेत जापान लिएर गएको ती व्यक्तिहरुसंग मन्त्रालयको नक्कली परिचय पत्र समेत रहेको खुल्न आए पछि अधिकारीमाथी मानव तस्करीको आरोप लागेको छ । सर्बत्र आलोचना भए पछि अधिकारीले बुधबार मन्त्री पदबाट राजिनामा दिनु भएको थियो ।

अधिकारीसंगै जापान गएका जनासहित चार जनालाई जापानको एयरपोर्टबाट डिपोर्ट गरिएको थियो । नेपाल आए लगत्तै अधिकारीसंग जापान गएका खोटाङका दावा शेर्पा, जनक राई, र रसुवाका कञ्चन देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेकाहरुले लाखौँ रकम बुझाएको बयान दिएका छन् तर अधिकारीमाथि छानविन नभएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । आलोचनापछि हिजो शनिवार मात्रै पार्टीले अधिकारीलाई सदस्यबाट निलम्बन गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु