प्रधानमन्त्री ओलीले गरे मानव सेवा आश्रमको भवन उद्घाटन

2024-12-08 मा प्रकाशित

मेचीनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मावनताभन्दा ठूलो अर्को सिद्धान्त नभएको बताएका छन् ।

मेचीनगर नगरपालिका(४ बाहुनडाँगीमा रहेको मानव सेवा आश्रमको भवन उद्घाटन एबम् गुरुयोजनाको शिलान्यासपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् । उनले मानवताको क्षेत्रमा उत्साहजनक काम गर्दै आएकोमा प्रशंसा गर्दै आफ्नो एक महिनाको पारिश्रमक समेत भवन निर्माणका लागि प्रदान गर्ने उद्घोष गरेका छन् ।

“म मेरो एक महिनाको तनाखा भवन निर्माणमा दान गर्छु”, प्रधानमन्त्रीले ओलीले भने, “सम्भवत पछि आउने मेरो पनि यही आश्रम हो कि रु”उनले परिवारबाट परित्यक्त सडकमा अलपत्र मानिसहरुलाई सेवा दिने आश्रमका लागि आफ्नो सम्पूर्ण सम्पति दान गर्नुहुने दाता मानुभावहरु धन्यवादको पात्र भएको बताए । प्रधानमन्त्री ओलीले जुनसुकै काममा असुन्तुष्टि पोख्न र गाली गर्न सजिलो भए तापनि काम गर्न गाह्रो हुने बताए ।

उनले आश्रमलाई आर्थिक सहयोग पुर्याउने स्थानीय तह र विभिन्न संघ सस्थाको नाम सार्वजनिक गर्दै दाताहरुलाई धन्यवाद दिएका थिए । बाहुनडाँगीमा स्थानीय रामबहादुर प्रधानले आश्रमका लागि दुई विगाह पाँच कठ्ठा जमिन निःशुल्क प्रदान गरेका छन् । सोही जमिनमा निर्माण गरिएको आश्रमको उद्घाटन प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले गरे । शाक्य मानव सेवा आश्रमको संरक्षक हुन् । सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने परिकल्पनासहित सुरु भएको मानवसेवा आश्रममा हाल ४८ जना सहयोगापेक्षी सडकआश्रित मानवहरु आश्रित छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु