प्याब्सन मेचीनगरको दुई दिवसीय साँस्कृतिक कार्यक्रम सम्पन्न

2024-12-11 मा प्रकाशित

मेचीनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल मेचीनगरको दुई दिवसीय साँस्कृतिक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
पासाङल्हामु जेसीज प्रतिष्ठानको सभाहलमा आयोजित प्रतियोगितामा प्याब्सनमा आवद्ध ३५ मध्ये ३३ वटा विद्यालयले उत्साहजनक सहभागिता जनाएका थिए ।
सो अवसरमा विद्यार्थीहरुले प्रतियोगितात्मक एकल तथा सामुहिक नृत्य, गायन, बिभिन्न जातजातिको जातीय नृत्य, प्रस्तुत गरेका थिए । प्रतियोगितामा सिनियर तर्फको साँस्कृतिक डान्समा झापा नेशनल स्कुल प्रथम भएको छ । प्रतियोगितामा फरक प्रस्तुति दिँदै झापा नेशनलले सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको आयोजकले जनाएको छ । सोही विद्यामा ल्होत्से स्कूल दोस्रो तथा होली बेल स्कूल तेस्रो घोषित भयो ।
त्यसैगरी जूनियर तर्फको आधुनिक डान्समा होलिबेल स्कूल प्रथम, कन्भेन्ट स्कूल दोस्रो र पारीजात स्कूलले तसो उपाधि हातपारे ।
प्रथम हुने पारिजात, होली बेल तथा झापा नेशनल स्कूल पुस २४ गते हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागि हुने आयोजकले जनाएको छ ।
पहिलो दिन भएको १२ वर्ष मुनिका छात्र छात्राहरुको गायन प्रतियोगितामा तारापुञ्ज स्कूल प्रथम, दुर्गा आवासीय स्कूल दोस्रो ओसीयानिक स्कूल तेस्रो घोषित भयो ।
१२ वर्ष माथिको गायन विद्यामा हिमालयन एकाडेमी प्रथम, सनसाइन इङ्लिस स्कूल दोस्रो र तारापुञ्ज तेस्रो बन्यो ।
त्यसैगरी कक्षा ११ ÷ १२ को गायन विद्यामा हिमालयन एकाडेमी प्रथम, लिटल एन्जल दोस्रो, होलीबेल तेस्रो बन्यो, त्यसैगरी राष्ट्रिय नृत्य तर्फ पारिजात पब्लिक स्कूल प्रथम, सरस्वती शिक्षा सदन दोस्रो र हिमालयान एकाडेमी तेस्रो घोषित भयो । प्याब्सन मेचीनगरका अध्यक्ष विक्रम क्षेत्रीको सभापतित्व तथा मेचीनगर नगर शिक्षा प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भण्डारीले निजी विद्यालयहरुले शैक्षिक क्षेत्रमा ठूलो योगदान गरिरहेको बताए । निजी विद्यालयले गुणतरीय शिक्षासंगै विद्यार्थीहरुलाई ब्यवहारिक ज्ञान, सिप र क्षमता विकास गराएको छ उनले भने, “जक्ष जनशक्ति उत्पादनमा निजी विद्यालयको योगदान ठूलो छ ।”
कार्यक्रमको अवसरमा प्याब्सन मेचीनगरका निवर्तमान अध्यक्ष डम्बर रुचाललाई कदरपत्रद्धारा सम्मान गरिएको थियो । प्याब्सन मेचीनगरको तीन कार्यकाल सफलता पूर्वक अध्यक्षको भूमिका निर्वाहगरेको भन्दै रुचाललाई सम्मान गरिएको हो । सो अवरमा रुचालकी प्रथम महिला विनिता बराइलीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा मेचीनगर सामाजिक विकास संयोजक हृदयनाथ राजवंशी, नि वर्तमान कोशी प्रदेश शिक्षक संघ अधयक्ष तेजप्रसाद चौलागाई, प्याब्सन झापा सचिव हरिकृष्ण पाठक, सहसचिव भवानी बराल, झापा सह कोषाध्यक्ष लक्ष्मी प्रसाद उप्रेती, प्रदेश सदस्य अजय आलेमगर, नगर शिक्षक महासंघ अध्यक्ष लेखनाथ पौडेल, निवर्तमान प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल, एन प्याब्सन मेचीनगर अध्यक्ष कविन्द्र श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी र विशेष अतिथि प्याब्सन झापाका वरिष्ठउपाध्यक्ष छत्र बहादुर कार्की थिए ।
प्याब्सन मेचीनगर उपाध्यक्ष सुरेन्द्र उप्रेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विनोद श्रेष्ठले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु