मेचीनगर । किराँत समुदायका महान चाड उधौली पर्व (चासोक तङ्नाम)को अवसरमा मेचीनगर –५ स्थित माङ्हिम मन्दिर परिसरमा आइतबारदेखि तीन दिने धार्मिक मेला सुरु भएको छ ।
पर्वको अवसरमा आइतबार बिहानैदेखि किराँत धर्मावलम्बीहरुले माङ्हिम मन्दिरमा पुगेर पूजा आरधना गरे । मेचीनगर नगरपालिकाका मेयर गोपादचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य एवम् माङ्हिम मन्दिर संरक्षण समितिका अध्यक्ष हेमबहादुर सावदेनको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा किराँत याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य जीतबहादुर लावती, मेचीनगर ५ का वडाध्यक्ष कनक बहादुर कार्की, पूर्व वडाध्यक्ष योगेन्द्र थापा, महिला नेतृ रमा ढकाल, कि.या.चु.का पूर्व अध्यक्ष हर्कबहादुर फ्याक लगायतले बोलेका थिए ।
उद्घाटन कार्यक्रमका अवसरमा च्याब्रुङ् नाच पस्तुत गरिएको थियो । सोमबार बिभिन्न खेलकुदका कार्यक्रम हुने र भोलि स्थानीय तथा राष्ट्रिय कलाकारहरु उत्तमजंग लिम्बू, कमल रसाईली, अनु चौधरी, रचना रिमाल , कुशल थलङ लगायतका कलाकारहरुको रोचक प्रस्तुती रहने मेला आयोजक समितिका अध्यक्ष महेन्द्र लावतीले जानकारी दिए ।
लिम्बू जातिहरुकोमहान चाड उधौली पर्व (चासोक तङ्नाम)को अवसरमा मेचीनगर ५ स्थित माङ्हिममा हरेक वर्ष धार्मिक मेला लाग्दै आएको छ । यहाँ मेला भर्न तथा पूजा अर्चना गर्न मेचीनगरका बिभिन्न वाडाबाट मानिसहरु आउने गर्दछन् ।
माङ्हिमका संस्थापक तिलकचन सम्बाहाम्फेले स्वागत गरेको कार्यक्रमको सञ्चालन दिलिप सुब्बाले गरेका थिए ।
प्रतिकृया दिनुहोस्