मेचीनगर ५ मा अपाङ्गताको स्वास्थ्य परीक्षण, पहिचान र परिचय पत्र बितरण

2024-12-20 मा प्रकाशित

मेचीनगर ।झापाको मेचीनगर ५ मा शुक्रबार अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रमसम्पन्न धएको छ । पुस १ गतेदेखि सञ्चालन भएको शिविर कार्यक्रम आज मेचीनगर ५ वडामा आइपुगेको हो ।

नयाँ तथ्याकं अनुसार मेचीनगर वडा नम्बर ५ मा ९५ जना अपाङ्गता भएका व्यक्तिहरुहरु भिेटिएको छ । । मेचीनगर ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा सम्पन्न कार्यक्रममा अपाङ्गता भएकाहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण गरिएको मेचीनगर ५ का वडाध्यक्ष कनक कार्कीले जानकारी दिए । उनले अभियानमा सबै लक्षित वर्गको सहभागीतामा रहेको बताए । अपाङ्गता भएकाहरूको बिशेषज्ञ डाक्टरसहित स्वास्थ्य परिक्षण गरि अपाङ्गता पहिचान र परिचय पत्र बितरणसमेत वितरण गरिएको बताए ।

नगरपालिकाले अभियान कै रूपमा प्रत्येक वडामा एक एक दिन सञ्चालन हुने गरी आयोजित पन्द्रदिने कार्यक्रम अन्तर्गत १ गते वडा नम्बर १, २, ३ र ४ गते आज वडा नम्बर ४ मा सम्पन्न भएको हो । त्यसै ६, ७, ८ हुँदै क्रमश १५ गते वडा नं १५ मा पुगेर सम्पन्न गरिने छ ।

मेचीनगरले महत्वका साथ अपाङ्गताका क्षेत्रमा कार्यक्रमहरु अगाडी बढाएको छ । त्यसकै फलस्वरुप यो अभियान पनि एक हो । यस अभियानले जुनसुकै कारणले भएपनि राज्यबाट पाउनुपर्ने सेवा तथा सुविधाबाट बन्चित भएका अपाङ्गहरुलाई पनि यस अभियानले जोड्ने लक्ष्य नगरपालिकाले लिइएको छ । त्यसैले यस अभियान सफल पार्न वडा वडामा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलगायतले चासो दिइरहेका छन् । त्यस्तै अभियान थप प्रभावकारी पार्न तथा आवश्यक सेवामा कमि नआओस भन्नका लागि स्थलगत रुपमै पुगेर समन्वय तथा आवश्यक निर्देशन दिइरहेका छन् ।

मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशन बिच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्त्वपूर्ण कार्यक्रम सञ्चालन थालिएको करूणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराईलीले बताए ।

मेचीनगरमा अपांगता भएका मानिस, नवजात शिशुको जाँचमा वृद्वि, बाल स्वास्थ्यमा सुधार, अपाङ्गता भएका व्यक्तिहरुको जीवनको गुणस्तरमा सुधार, शिक्षामा पहुँच वृद्वि, परिवारको सशक्तिकरण र जीविकोपार्जनमा सुधार, सामाजिक क्रियाकलापमा पहुँच वृद्व, क्षमता अभिवृद्विमा सहयोग, प्रशासन तथा व्यवस्थापन सुदृढीकरणमा सहयोग पुग्ने लक्ष्य लिइएको मेचीनगरले जनाएको छ ।

शिविरमा स्वास्थ्य परीक्षण, श्रवण यन्त्र, ह्युलचियर, कृतिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना लगायतका सेवाहरु उपलब्ध रहने छ । आँखा, कान, मनोविद, मेडिकल लगायतका स्वास्थ्य परिक्षणका लागि बिशेषज्ञ डाक्टरहरुले सेवा दिने मेचीनगर महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले जानकारी दिइन् । उनले शनिबार बिहान ८ बजेदेखि मेचीनगर ६ को वडा कार्यालयसंगै कार्यक्रम सञ्चालन हुने जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु