मेचीनगर । मेचीनगर – १४ स्थित बिहानी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
मेचीनगर नगरपालिका वडानम्बर १२ का वडा अध्यक्ष मधुसुधन निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारीले सञ्चारकर्मी खगेन्द्र घिमिरे सहित बिभिन्न विद्याका उत्कृष्ट ब्याक्तित्वहरुलाई सम्मान गरेको छ । खोज पत्रकारिताको माध्यमले समाज रुपान्तरणमा योगदान पुर्याएको भन्दै सहकारीले अनुसन्धान अनलाइनका सम्पादक खगेन्द्र घिमिरेलाई सम्मान गरेको जनाएको छ । त्यसैगरी सहकारीले स्वास्थ्यकर्मी विद्या शिवाकोटी, शैक्षिक सत्र २०८० को एस.ईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विराज प्रसाई, तेक्वान्दो डोजाइका खेलाडी नम्रता खड्कालाई दोसल्ला र टोपी ओढाएर नगद सहित सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।
सो अवसरमा उत्कृष्ट निक्षेपकर्ता लक्ष्मी कुमारी माझी ,उत्कृष्ट ऋणी देवी थेवे लिम्बू ,उत्कृष्ट बाल बचतकर्ता असिम खनाल, उत्कृष्ट खुत्रुके बचत कर्ता विपना मेचेलाई नगद रु दुई हजार सहित सम्मान पत्रद्धारा सम्मान गरिएको छ ।
त्यसैगरी शेयर पूँजी १ लाख पुर्याउनु हुने शेयर सदस्यहरु दिपेश राई, तपन रिजाल, विष्णुलाल सुबेदी, विष्णु प्रसाई, बलराम कडरिया, हरिमाया बराललाई दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा पत्रकार खगेन्द्र घिमिरे, मिनिल्याण्ड स्कूलका प्रिन्सिपल चन्द्र प्रकाश प्रसाई, गुहेश्वरी मर्चेन्ट बैंकका क्षेत्रीय प्रबन्धक विशाल सापकोटा, विहानी साकोसका पूर्व अध्यक्ष पुण्यप्रसाद कडरिया, सतोष कुमार मेचे लगायतको आतिथ्यता रहेको थियो ।
सस्थाका अध्यक्ष कृष्ण प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष प्रसाईले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । ५ लाख ९५ हजार ७०० सेयर पूँजी बाट सुरु भएको सहकारीमा हाल २ करोड ४० लाख ७९ हजार ५०० रुपैयाँ सेयर रकम पुगेको तथा ४८ लाख ९६ हजार ३ सय २३ रुपैया नाफा कमाउन सफल भएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका उपाध्यक्ष बिनोद अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सुनिता रिजालले गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस्