मेचीनगर । निजी तथा आवासिय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाको आयोजनामा सञ्चालित दुई दिवसीय सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
भद्रपुरमा आयोजित कार्यक्रममा १५ पालिकाका १५ वटा विद्यालय सहभागि बनेका थिए । प्रतियोगितामा राष्ट्रिय नृत्य तर्फ सहभागि विद्यलयलाई पछि पार्दै मेचीनगर स्थित पारिजात पब्लिक स्कूलले उपाधी रच्यो ।
प्रतियोगितामा सहभागि १४ विद्यालयहरुलाई पछि पार्दै पारिजातले उपाधी हात पारेको हो । प्रतियोगितामा दोस्रो प्रगति मावि अर्जुनधारा र नेहारिका बोर्डिङ स्कूल कमल तेस्रो बन्यो ।
आधुनिक नृत्य तर्फ प्यारागन एकाडेमी सुरुङ्गा प्रथम, कर्णाली एजुकेशन फाउण्डेशन बुद्धशान्ति दोस्रो र प्रगतिमावि अर्जुनधारा तेस्रो घोषित भयो ।
त्यसैगरी सांस्कृतिक नृत्य तर्फ प्यारागन एकाडेमी सुरुङगा प्रथम, कर्णाली एजुकेशन फाउण्डेसन दोस्रो र चिल्ड्रेन इन्भ्यारोमेन्ट स्कूल विर्तामोड तेस्रो बन्यो ।
कार्यक्रमको अवसरमा प्याब्सन जिल्ला पूर्व अध्यक्ष मिलन कुमार ढुंगानालाई सम्मान गरिएको थियो । त्यसैगरी शैक्षिक सत्र २०८० को एस ईईपरीक्षामा जिल्ला प्रथम भएका विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । सम्मानित दुबैजनालाई प्रमुख अतिथि तथा अतिथिहरुले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
प्रतियोगितामा प्रथम हुने विद्यालयहरुले प्रदेश स्तरीय कार्यक्रममा सहभागि हुने आयोजकले जनाएको छ ।
प्याब्सन झापा अध्यक्ष गौरीमान फागोको सभापतित्व तथा सांसद एपली साँवाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कनकाई नगर शिक्षा शाखा प्रमुख, प्याब्सन पूर्व जिल्ला अध्यक्ष नारायण घिमिरे, एलपी उप्रेती, प्याब्सन केन्द्रिय सदस्य मोहन सुब्बा लगायतको आतिथ्यता रहेको थियो ।
जिल्ला वरिष्ट उपाध्यक्ष छत्रबहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव हरिकृष्ण पाठकले गरेका थिए ।
प्रतिकृया दिनुहोस्