झापा । झापामा आज थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शुक्रबार झापामा थपिनेमा भद्रपुर जिल्ला कारागारका ७ जना कैदीबन्दी, २ जना प्रहरी र १ जना कर्मचारी तथा अन्य पालिकाका १ जना महिलासहित ४ जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले भद्रपुर नगरपालिका वडा नं। १० का १० जनामध्ये १ महिला र ९ जना पुरुष रहेको बताए । उनका अनुसार १० जनामा ७ जना कारागारका कैदीबन्दी, २ जना प्रहरी र १ जना कारागारका कर्मचारी हुन् ।
उनीहरु २२ वर्षकादेखि ७५ वर्ष उमेरसम्मका संक्रमित कैदीबन्दी स्थानीय रहेको बताइएको छ ।
त्यस्तै बिर्तामोड नगरपालिका वडा नं। ५ का ६० वर्षीय १ जना महिला, शिवसताक्षी नगरपालिका वडा नं।१ का ७१ वर्षीय १ जना पुरुष र झापा गाउँपालिका वडा नं।६ का ५२ र १७ वर्षीय २ जना स्थानीय रहेको चौलागाईले जानकारी दिए ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या ८३६ पुगेको छ ।
प्रतिकृया दिनुहोस्