बराल वंश प्रतिष्ठानले गर्याै, १०६ वर्षीय पिता भीमलाल र सय वर्षीय माता पार्वतालाई सम्मान

2024-12-30 मा प्रकाशित

बिर्तामोड । बराल बंश प्रतिष्ठान बिर्तामोडले आइतबार झापा जिल्लाका बिभिन्न क्षेत्रमा रहेका बरालहरुलाई एउटा सौभाग्य जुरायो । आयोजकले उमेरले १०६ पुग्नु भएका बराल बंशका १६ औं पुस्ताका धरोहर भीमलाल बराललाई सम्मान कार्यक्रमको संयोजन गरेको थियो ।
उहाँको अनुहारको चमक, आँखाको हेराई अनि ठम ठम हिँडाई, यो दृष्यले त्यहाँ पुग्ने जो केही पनि उत्साहित देखिन्थे । धेरैलाई मनमा उत्सुकता अनि कौतुहलता जाग्यो १०६ वर्षमा पनि स्वास्थ्य शरिर कसरी सम्भव छ । सबैले नमन गरे, बराल बंशका धरोहर देवतुल्य पिता– मातालाई पुष्पगुच्छा अर्पण गरे, माला पहिर्याए अनि दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरे ।


सो अवसरमा भीमलालकी धर्मपत्नी एकसय वर्षीय माता पार्वता बराललाई समेत सम्मान गरिएको थियो ।
बराल वंश प्रतिष्ठान जिल्ला कार्यसमितिका उपाध्यक्ष बरालको सभापतित्व तथा बंशवली प्रकाशन समूहका आर्थिक समिति संयोजक भूपेन्द्र बरालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बरालले १०६ वर्षको देवतुल्य बुबा– आमालाई भेट्न पाएकोमा सहभागि सबै बराल बन्धुहरुलाई उत्साह छाएको बताए । “यतिलामो उमेरका ज्येष्ठ नागरिकलाई भेट्न पाउनु हाम्रो सौभाग्य हो,” उनले भने, देव तुल्य बुबा– आमाको बाँकी जीवन स्वास्थ्य अनि दीर्घ रहोस ।”
सो अवसरमा बराल बंश प्रतिष्ठान पूर्व क्षेत्र संयोजक भोला बराल, बरालबंश प्रतिष्ठान झापा जिल्ला अध्यक्ष यामनाथ बराल, बिर्तामोड नगर समितिका अध्यक्ष विष्णु प्रसाद बराल, पूर्व अध्यक्ष बराल, युवनाथ बराललगातले दीर्घ जीवनको कामना गर्दै शुभकामना ब्यक्त गरेको थिए ।
सो अवसरमा अष्टचिरञ्जीवीको पूजा समेत गरिएको थियो । खगेन्द्र बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन कल्पना बरालले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु