मेचीनगर । तमु ह्यूल छोज धीं गुरुङ राष्ट्रिय परिषद् मेचीनगर समितिले ल्होसार पर्व मनाएको मनाएको छ । तमु ह्यूल छोज धीं गुरुङ राष्ट्रिय परिषद् मेचीनगर समितिको आयोजनामा २६०९ औं ल्हो तमु ल्होसार पर्व भव्य रूपमा सम्पन्न भएको हो ।
प्रदेश सांसद गोपाल तामाङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि तामाङले नेपाल बहुभाषिक बहुसंस्कृतिक मुलुक भएको बताएँदै सबै धर्मको संरक्षणमा सरकारले अभिभावकत्व भूमिका निर्वाह गर्नु पर्ने बताए । उनले गुम्बा निर्माणमा प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर–७ का वडाअध्यक्ष प्रलादमणी ओलीलगायतको आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष सुभाष गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव होमराज गुरुङले गरेका थिए । कार्यक्रममा विविध सांस्कृतिक नृत्यप्रस्तुत गरिएको थियो ।
समुदायको पहिचानसँग जोडिएको भाषा, संस्कृति संरक्षणका लागि सरकारले ध्यान दिन नसकेको भन्दै सहभागिहरुले सांसद तामाङको ध्यानाकर्षण गराएका थिए । सो अवसरमा बिभिन्न दाताहरुले गुम्बा निर्माणकोलागि सहयोग प्रदान गरेको समितिले जनाएको छ । गुम्बा निर्माणमा राजन तामाङले रु ११ हजार १११, नरमाया गुरुङ धुलाबारीबाट रु ५० हजार र रोहिता गुरुङ काँकरभिट्टाबाट रु ५ हजार प्राप्त भएको सचिव होमराज गुरुङले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्