साहारा नेपाल साकोस इटाभट्टाको एकाईगत साधारणसभा सम्पन्न

2025-01-02 मा प्रकाशित

मेचीनगर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभा अन्तर्गत बिभिन्न क्षेत्रमा एकाईगत साधारणसभा सञ्चालन भइरहेको छ । पौष १५ गते सोमबारबाट सुरु भएको एकाईगत साधारणसभा २१ गते आइतबार सम्पन्न हुने छ ।
यसै क्रममा संस्थाले आज बिहीबार मेचीनगरको इटाभट्टा, काँकरभिट्टा, धुलाबारी बौद्धमोड तथा बिर्तामोड, गौरीगञ्ज गौरादह, केर्खा, दुधे र फिक्कल सेवा केन्द्रमा साधारण सभा सम्पन्न गरेको छ ।
इटाभट्टामा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर – ८ का वडाध्यक्ष गिरीराज धमलाले गरे । पानसमा दियो बालेर तथा खुत्रुकेमा सिक्का हालेर कार्यक्रम उद्घाटन गरेका वडाध्यक्ष धमलाले जन्मदेखि मृत्युसम्म जीवनका हरेक अफ्ठेरोमा साहारा सदस्यको साहारा बनेर उभिने गरेको भन्दै सहकारीको खुलेर प्रशंसा गरे ।


उनले साहाराका सञ्चालक तथा कर्मचारीहरुले सहकारीको सिद्यान्त र मर्मर भावनालाई अक्षरस पालना गरेकै कारण आज साहाराले देशमै पहिलो स्थान हासिल गर्न सफल भएको तथा सदस्यहरुलाई भरपर्दाै सेवा प्रदान गरेर सदस्यहरुको मन जित्न सफल भएको बताए । वित्तिय कारोबारसँगै विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा स्थानीय सरकारसँग सहकार्य गर्दै आएको सहारा नेपाल विपन्न परिवार एवं समुदायका लागि एउटा विश्वासिलो सारथी बनेको भन्दै संस्थाको थप सफलताको कामना समेत गरे । उनले लागू औषध दुब्र्यशनको डढेलो गाउँ गाउँमा सल्किएको बताउँदै यसको नियन्त्रणमा साहारले सहकारी मार्फत अभियान थाल्न आग्रह समेत गरे ।


इटाभट्टा सेवा केन्द्रका संयोजक राजन गिरीको सभापतित्वमा आयोजित कार्यक्रममा साहारा साकोस मुख्य कार्यालय बिर्तामोडकी महिला प्रतिनिधि नर्वदा संग्रौलाले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरिन् । साहारा नेपाल साकोसले सदस्यहरुको मन जित्दै देशमै उत्कृष्ट अनि पहिलो सहकारीको रुपमा स्थापित हुन सफल भएको बताउँदै उनले सदस्यहरुको हरेक अफ्ठेरोमा सहकारी साहारा बनेर उभिएको बताइन् । उनले कोभिड पछि देशमै आर्थिक मन्दि छाएका कारण सदस्यहरुले समयमा कर्जा तथा ब्याज नबुझाउँदा सहकारीमा समेत त्यसको प्रभाव पर्न थालेको बताउँदै उनले सहकारीको दीगो विकासको लागि सदस्यहरुले समयमा कर्जा तथा ब्याज बुझाउन आग्रह गरिन् ।
२०५२ सालमा ३३ जना शेयर सदस्यको ३४ हजार सेयर पूँजी बाट सुरु भएको सहकारीमा हाल शेयर पूँजी १ अरव, ६७ करोड, ८६ लाख, १२ हजार ७००, तथा शेयर सदस्य १ लाख ८६ हजार ३८१ जना तथा निक्षेप १२ अरव, ७५ करोड, ३७ लाख, ६३ हजार,२०८ रुपैयाँ, ऋण लागनी १० अरव ९३ करोड ५४ लाख ६१ ह्जार ३९८ रुपैयाँ, चालु सम्पती १२ अरव, ८६ करोड, ७३ लाख ५४ अजार १९६ तथा खुदनाफा ८ करोड ५२ लाख ५३ हजार ८९२ रुपैयाँ कमाउन सफल भएको तथा कुल पूँजी तथा दायित्व १६ अरव, ८३ करोड, ३३ लाख, ३६ हजार ४१० रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।


साहारा नेपाल साकोस मुख्य कार्यालयका उपाध्यक्ष ज्ञानुनाथ मैनालीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे । साहारा बाह्यि ऋण मुक्त संस्था भएको बताउँदै उनले सहकारीले आगामी दिनमा सञ्चालन गर्ने बिभिन्न योजना तथा नीति प्रस्तुत गरे ।


सो अवसरमा अनुगमन अधिकृत गोमा बस्नेतले आर्थिक वर्ष ०८० ÷०८१ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरिन् ।
कार्यक्रममा मेची अभियानका अभियान्ता विजय डालमियाँ, समाजसेवी इन्द्रबहादु बुढाथोकी, धुलाबारी क्याम्पसका क्याम्पस प्रमुख पुष्पराज पौडेल, लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सो अवसरमा सहकारीले परिवार राहत कार्यक्रम अन्तर्गत सदस्य मानव राजवंशीलाई रु १ लाख प्रदान गरेको छ । सहकारी संस्थाका सदस्य छट्धर राजवंशीको केही महिना अघि निधन भएको कारण सहकारीले सदस्य राहत कार्यक्रम अन्तर्गत स्व.राजवंशीका छोरा मानव राजवंशीलाई रु १ लाख बरावरको चेक प्रदान गरेको हो ।
कार्यक्रमको सुरुमा संस्थाकी कर्मचारी रञ्जना लाम्गादेले रोचक स्वागत नृत्य प्रस्तुत गरिन् । अनुगम अधिकृत गोमा बस्नेतले स्वागत गरेको  कार्यक्रमको सञ्चालन सेवाकेन्द्रका सदस्य इन्द्रप्रसाद ढकालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु