सरकारले ल्याएको दुवै अध्यादेश राष्ट्रपति भण्डारीद्वारा खारेज

2020-04-24 मा प्रकाशित

काठमाडौं,१२ बैशाख । सरकारले ल्याएका दुवै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छिन् । सरकारले सोमबार ल्याएका विवादास्पद दुबै अध्यादेश फिर्ता लिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् ।

उनले संविधानको धारा ११४ को उपधारा ९२० को खण्ड ९ख० बमोजिम अध्यादेश खारेज गरेकी हुन् । सरकारले गत बैशाख ८ गते बसेको मन्त्रीपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेसँगै नेपालको राजनीतिक वृत्त एकाएक तातेको थियो । एउटा अध्यादेश दल विभाजनलाई खुकुलो बनाउने र अर्को अध्यादेशमा प्रतिपक्षी दलको नेता नभए पनि संवैधानिक परिषद्को बैठक बसी निर्णय गर्न सक्ने ल्याइएको थियो ।

तर, अध्यादेशको चौतर्फी विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो । शुक्रवार बसेको मन्त्रीपरिषदको बैठकले उक्त अध्यादेश फिर्ता लिएको हो ।

राजनीतिक दल सम्बन्धी विधेयकमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने व्यवस्था उक्त अध्यादेशमा गरिएको छ । साथै प्रतिपक्षी दलको नेताबिना संवैधानिक परिषद्को बैठक बस्ने गरि ल्याइएको अध्यादेशका विषयमा अन्तरपार्टी मात्र होइन सत्तापक्षबाटै विरोध भइरेहको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु