महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषको ३० औं वार्षिक साधारण सभा सम्पन्न

2025-01-06 मा प्रकाशित

काँकरभिट्टा । मेचीनगर –६ स्थित महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषको ३० औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
संस्थाको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बुढाथोकीले यातायात देखिएका विकृतिलाई अन्त्य गर्दै मर्यादित बनाउ आवश्यक रहेको बताए “यो सेवाको क्षेत्र हो यात्रुहरुलाई सेवा प्रदान गरेर ब्यवसायीहरुले पैसालिने हो,” उनले भने, “सेवा मर्यादित हुनु पर्छ, अझै पनि ताना तानको अवस्था छ । यसले यातायात क्षेत्र दुर्गन्धित बनेको छ ।”


नगर प्रमुख बुढाथोकीले यातायात क्षेत्रलाई ब्यवस्थित र मर्यादित बनाउनुको विकल्प नरहेको बताए । यातायात क्षेत्रमा पात्रहरु फेरिएहोलान् उनले भने, चरित्र अझै फेरिएको छैन ।” उनले यातायात क्षेत्रमा देखिएका समस्या सुधारको लागि स्थानीय स्तरमा कानून निर्माण गर्न छलफल भइरहेको बताए । आफू निर्वाचित भएर आएसँगै यातायात क्षेत्रको ब्यवस्थापनको निरन्तर लागेको छु, उनले भने, “ ६२ करोडको लागतमा बहुतले बसपार्क निर्माणको लागि डिपिआर समेत तयार भएको छ, तर धनीपूर्जा नभएको कारण निर्माणकार्य अघि बढ्न सकेन ।
ग्रामिण आवास कम्पनीले सहयोग नगर्दा बसपार्क लगायत धेरै क्षेत्रमा समस्या सिर्जना भएको बताउँदै उनले भने, “हामीले इतिहासमा गल्ति गर्याै, तत्कालिन समयमा ग्रामिण आवास कम्पनी आउँदा बस्ती विकास कम्पनी भनेर आयो । ब्याक्तिले प्राप्त गर्न सक्के जमिनहरु उसले विक्री गर्न सक्थ्यो त्यो विक्री गर्न दियौं तर सार्वजनिक महत्वको जमिन उसले दिन्छ भनेर विश्वास गर्याै तर हालसम्म धनिपूर्जा आएन ।” उनले धनीपूर्जा नहुँदा थुप्रै निर्माणका काम सञ्चालन हुन नसकेको बताए ।
उनले समग्र यातायात क्षेत्र तथा महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषमा देखिएका समस्या समाधनको लागि स्थानीय सरकार, संघीय र प्रदेश सरकारसँग सहजीकरण र समन्वय गरेर समाधान खोज्न आफूपनि लाग्ने प्रतिवद्धता समेत जनाए ।


कार्यक्रममा मेचीनगरका पूर्व नगर प्रमुख बिमल आचार्यले पहिलेको तुलनामा काँकरभिट्टा नाका कमजोर बन्दै गएको बताए । उनले यातायात क्षेत्रमा देखिएका विकृतिलाई सुधार गरेर यात्रुको सुविधामा ध्यान दिन सके यातायता ब्यवसाय सम्मानित पेशाको रुपमा स्थापित हुने बताए । उनले भद्रपुर क्षेत्रमा आमूल परिवर्तन हुने सम्भावना रहेको भन्दै काँकरभिट्टाको सुधारकोलागि समेत नेतृत्व वर्ग सक्रिय हुनु पर्ने बताए ।
कार्यक्रममा प्यारीभिट्टा बसपार्क ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरे, महेन्द्रद्धार सहकारी संस्थाका अध्यक्ष राजु दाहाल, पूर्व बस ब्यवसायी प्रालीका अध्यक्ष राजेन्द्र  रिजाल लगायतले बोलेका थिए ।
महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषका अध्यक्ष मोहन रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष र कार्यक्रमको सञ्चालन सचिव ले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु