धुलाबारीमा दोस्रो मेची महोत्सव सुरु

2025-01-17 मा प्रकाशित

धुलाबारी । मेचीनगरको धुलाबारीमा शुक्रबारबाट दोस्रो मेची महोत्सव सुरु भएको छ । मेची चेम्बर अफ कमर्सको आयोजनामा सुरु भएको महोत्सव माघ १२ गतेसम्म सञ्चालन हुने छ । महोत्सवको उद्घाटन उपसभामुख इन्दिरा राना मगरले गरिन् ।

कार्यक्रमकी प्रमुख अतिथि रानाले नेपाको दिगो विकासको लागि पर्यटन र बैज्ञानिक तथा ब्यवसायिक कृषि प्रणलीमा जोड दिनु पर्ने बताइन् । उनले कृषि उत्पादनलाई प्रोत्साहन गर्न संसदमा छलफल समेत चलाउने प्रतिवद्धता समेत जनाइन् ।
कार्यक्रममा बिशिस्ट अतिथि रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार लिम्बुले कृषि उत्पादन, प्रशोधन र बजारीकरणलाई ब्यवस्थापन गर्न सके प्रशस्त सम्भावना रहेको बताए ।

चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण बिमलीले कृषक र कृषि उद्यमीलाई सरकारले वेवस्ता गरेकाले सम्भावना बोकेको क्षेत्रमा समस्या आएको बताए ।

कार्यक्रममा मेचीनगर(१० का अध्यक्ष नारायण खनाललगायतले बोलेका थिए । मेचीनगरमा सामुदायिक, निजी विद्यालय र संघ(संस्थाबाट सहभागीहरुले लागुऔषध दुर्ब्यशन नियन्त्रण सम्बन्धि जनचेतना जगाउने प्लेकार्डसहित र्याली धुलाबारी मोड परिक्रमा गरेको थियो ।

स्थानीय क्षेत्रको कृषि तथा उद्योगबाट उत्पादित वस्तुको प्रवर्द्धन, पहिचानसहित बजारीकरण र लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले सुरु गरिएको महोत्सवमा २० वटा कृषिजन्य स्टल राखिएको जनाएको छ । रबिनकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शान्तिराम चिमरियाले स्वागत र प्रकाश खड्काले सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु