नकलबन्दा साकोसको स्थापना दिवसमा सम्मान

2025-01-19 मा प्रकाशित

नकलबन्दा । नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाले १७ औं स्थापना दिवसको अवसर पारेर आइतबार बिभिन्न विदामा उत्कृष्ट १५ जनालाई सम्मान गरेको छ ।
सहकारी संस्थाले स्वर्गीय अमृत बहादुर गुरुङ स्मृति अक्षयकोषबाट उत्कृष्ट कृषक सम्मान हेममाया अधिकारीलाई र विपन्न महिला बचतकर्ता सम्मान विन्दादेवी राजवंशीलाई प्रदान गरेको छ । सो अक्षयकोष सहकारी संस्थाका पूर्व अध्यक्ष होमराज गुरुङ्गले आफ्रना स्व. बुवाको स्मृतिमा स्थापना गरेका थिए । उत्कृष्ट कृषकलाई कृषि औजार र विपन्न बचत कर्ता चौधरीलाई न्यानो कपडाका साथ सम्मान पत्र प्रदान गरिएको थियो ।
त्यसैगरी कृष्णप्रसाद ÷सावित्रा गेलाल स्मृति अक्षयकोष तथा पदमबहादुर ÷जानुका कार्की स्मृति अक्षयकोषबाट सहकारीले बालबचतकर्ता तर्फ श्रृजिता श्रेष्ठलाई , तथा लाल बहादुर प्रधान र शान्ति शर्मालाई उत्कृष्ट ज्येष्ठ नागरिक सम्मान प्रदान गरेको छ । सहकारीले जेहेन्दार विद्यार्थी सम्मान मेची आधारभूत विद्यालयका छात्र– छात्रा सुशान्त तामाङ र रितिका भट्टलाई प्रदान गर्याे ।


त्यसैगरी सहकारीले उत्कृष्ट कर्मचारी सम्मान शिवराम खड्का ( राजु) लाई प्रदान गरेको छ । उत्कृष्ट सञ्चालक हिरालाल पुरोहित घोषित भए । सहकारीले उत्कृष्ट ऋणी तर्फ  कसिङ्ग श्रेष्ठ र लक्ष्मीमाया राईलाई सम्मान गरेको छ । सहकारीले शैक्षिक शत्र २०८० को एस इई परीक्षमा उत्कृष्ट अंक ल्याउने छात्र– छात्राहरुलाई समेत सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा आर्यन चौधरी र कृषला राई छन् । सम्मानित सबैलाई प्रमुख अतिथि तथा अतिथिहरुले सम्मान पत्र नगद तथा सम्मान अनुसारका थप सामाग्री समेत प्रदान गरेका थिए ।


सहकारी संस्थाका अध्यक्ष केशर प्रसाद तिम्सिनाको सभापतित्व तथा मेचीनगर– ५ का वडाध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कार्कीले सहकारीका मूल्य,मान्यता र सिद्दान्तहरुलाई पालना नगर्दा देशका बिभिन्न ठाउँमा सहकारीमा समस्या श्रृजना भएको स्मरण गर्दै सहकारीलाई सहि दिशामा अगाडि बढाउन सदस्यहरुको विश्वासलाई कायम राख्दै सहकारीका मूल्य र मान्यताहरुलाई पालन गर्नुको विकल्प नभएको बताए ।
सो अवसरमा मेची कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकी, काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भूपाल सिवाकोटी, नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका सल्लाकार संयोजक होमराज गुरुङ्ग लगायतले बोलेका थिए ।
सहकारी संस्थाकी उपाध्यक्ष माया प्याकुरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन ब्यवस्थापक महेन्द्र बहादुर कुँवरले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु