झापामा आज थपिए ७ जना संक्रमित

2020-09-26 मा प्रकाशित

मेचीनगर, १० असोज । पछिल्लो समय झापामा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ । झापामा आज ७ जना संक्रमित थपिएका छन् ।

शनिबार थपिएका संक्रमित मध्ये १ जना महिला र ६ जना स्थानीय पुरुषरहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले कचनकवल गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय १ जना पुरुष, बिर्तामोड नगरपालिका ५, १ र ९ का ३२, ६० र ८३ वर्षीय ३ जना पुरुष, भद्रपुर नगरपालिकाका एक जना २० वर्षीया महिला र १ जना ५५ वर्षीय पुरुष तथा कनकाई नगरपालिकाका ४४ वर्षीय १ जना पुरुष रहेको बताए ।

उनीहरु सबै जना स्थानीय रहेको उनले बताए । भद्रपुर र कनकाईका ३ जना संक्रमितको वडा खुल्न नसकेको चौलागाईले जानकारी दिए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ८४३ पुगेको छ । निको हुनेको संख्या ७५७ छ । सकृय संक्रमित ७३ जना छन् भने हालसम्म ६ जनाको मृत्यु भईसकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु