![](https://mechiaawaj.com/wp-content/uploads/2025/01/4742d996-cbf2-4b03-8abf-61859a00809f1-copy.jpg)
झापा । महिला तथा किशोरीहरुमा पाठेघरको मुखको क्यान्सरको संक्रमण तीब्र रुपमा फैलिन थालेपछि सरकारले यसको नियन्त्रण तथा न्यूनीकरणको लागि एच पि.भी खोप अभियान सुरु गर्ने भएको छ ।
मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालय झापाले सञ्चारकर्मीबीच अभिमूखीकरण कार्यक्रम आयोजना गरेर खोप अभियानका बारेमा जानकारी दिएको हो । अभिमुखी करण कार्यक्रममा जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले सरकारले यही माघ २२ गतेदेखि फागुन ७ गते सम्म खोप अभियान सञ्चालन गर्ने तयारी गरेको बताए । अभियानका बारेमा जानकारी दिँदै उनले भने,”“ कक्षा ६ देखि १० सम्मका छात्रा तथा १० वर्षदेखि १४ वर्षउमेर समूहका किशोरीहरुलाई खोप लगाउने कार्यक्रम रहेको छ ।” उनले नेपालमा पाठेघरको मुखको क्यान्सरको कारण हरेक दिन चारजना महिलाको मृत्यु हुने गरेको बताए । नेपालमा महिलाहरुमा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण भएको बताउँदै उनले सुरुमा रोगको पहिचान गरी खोपलगाउन सके उपचार सम्भव हुने बताए ।
एच.पि.भीको प्रजाति २०० भन्दा बढी भएको र त्यसमध्ये कम्तिमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर बनाउँने प्रमुख कारक भएको उनको भनाई थियो । एच पि भी यौन सम्पर्कबाट फैलिने संक्रमण भएको बताउँदै उनले झापामा झापामा ५४ हजार ९ सय ९९ जना किशोरी खोप अभियानबाट लाभान्वित हुने बताए । उनले कार्यक्रमलायई प्रभावकारी बनाउँन स्वास्थ्य कार्यालयले झापामा ७५५ वटा खोप केन्द्र सञ्चालन हुने र जसमध्ये ५७५ विद्यालय स्तर, १४० वटा स्वास्थ्य केन्द्रमा र ४० बाहिय खोप केन्द्र हुने बताए ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्कोटीको सभापतित्वमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख बाह्कोटीले झापामा माघ २२ गतेदेखि २९ गते सम्म अभियान सञ्चालन हुने र सो उमेर समुहका सबैजनाले खोप लगाउन आग्रह गरे । कार्यक्रमा स्वागत स्वास्थ्य अधिकृत राजकुमार पोख्रेलले गरेका थिए ।
प्रतिकृया दिनुहोस्