मेचीनगर,१० असोज । नमुना टोल विकास संस्थाको दुई वर्षे कार्यकालका लागि दोस्रो वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः ज्ञानप्रसाद गिरी चयन भएका छन् । शनिबार मेचीनगर–८ स्थित नमुना टोलमा सम्पन्न साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा गिरी चयन भएका हुन् ।
संंस्थाको सचिवमा केन्द्रकुमारी उप्रेती तथा कोषाध्यक्षमा रणबहादुर थापा चयन भएका छन् । त्यसैगरी संस्थाको सदस्यहरुमा गोविन्द रिजाल, कृष्णप्रसाद भट्टराई, कौशिला घिमिरे, सरिता श्रेष्ठ, गोमा गिरी, निता थापा, राजेश गिरी, सोभा बराईली र नरेन्द्रप्रसाद पौडेल रहेका छन् ।त्यसैगरी संस्थाको सल्लाहाकारमा बिष्णु भट्टराई, राजनकुमार कार्की, विष्णु बराईली, हेमप्रसाद कोईराला र ईन्दिरा घिमिरे चयन भएका छन् ।
मेचीनगर–८ का वडा अध्यक्ष बिकेन्द्र धिमालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मेचीनगर–८ का वडा सदस्य सन्तोष मेचे, समाजसेवी पदम मेचेलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा श्रीकृष्ण ब्यासाश्रम मन्दिर समिति सदस्य मुकुन्द भट्टराईलगायत विभिन्न संघसंस्थाका पधादिकारीहरुको आतिथ्यता रहेको थियो ।
संस्थाका अध्यक्ष ज्ञानप्रसाद गिरीको सभापतित्व तथा संस्थाकी सचिव केन्द्रकुमारी उप्रेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन समाजसेवी बिष्णु भट्टराईले गरेका थिए ।
प्रतिकृया दिनुहोस्