
धुलाबारी, १९ माघ । नेपाली काँग्रेस मेचीनगर समितिले विभिन्न दश वटा विभागहरू गठन गरेको छ ।
नगर सभापति सुवेशकुमार पनेरूको अध्यक्षतामा शनिवार बसेको नगर पदाधिकारी बैठकले विभागहरू प्रमुख तोकेको काँग्रेस मेचीनगरका सचिव मनोज घिमिरेले जानकारी दिए।
नगर समितिको निर्णय अनुसार संगठन विभागको प्रमुखमा धनकाजी खत्रीलाई जिम्मेवारी दिएको छ भने भात्री संघ संस्था समन्वय विभागको प्रमुखको जिम्मेवारीमा योगेन्द्र थापा मगरलाई तोीक्एको छ ।
त्यस्तै सूचना तथा सञ्चार विभागको प्रमुख मनोज घिमिरे, प्रसाशन समन्वय विभागको प्रमुखमा मुकेश लिम्बु, आर्थिक व्यवस्थापन विभागको प्रमुखमा भूम् ि पौडेललाई जिम्मेवारी दिईएको छ ।
त्यसैगरी महिला समन्वय विभाग प्रमुखमा रिता घिमिरे, युवा परिचालन विभाग प्रमुखमा सन्तोस मेचे, खेलकुद विभाग प्रमुखमा नोबेम्बर नेम्वाङ, कृषि विभाग प्रमुखमा बद्री कार्की र ट्रेड युनियन विभाग प्रमुखमा बिष्णु गौतमलाई जिम्मेवारी दिएको नगरसचिव घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार माघ महिनाको पहिलो साता बसेको नगर समितिको पूर्ण बैठकले विभाग गठन गर्ने जिम्मेवारी पदाधिकारीलाई दिएकाले सोही अनुसार गरिएको हो ।
प्रतिकृया दिनुहोस्