बालकल्याण माध्यमिक विद्यालयको ५१ औं वार्षिक उत्सवमा दर्जनौं सम्मानित

2025-02-03 मा प्रकाशित

मेचीनगर । मेचीनगर –५ स्थित बालकल्याण माध्यमिक विद्यालयले आइतबार ५१ औं वार्षिक उत्सवको अवसर पारेर विद्यालयका उत्कृष्ट अभिभावक, उत्कृष्ट शिक्षक, पूर्व शिक्षक, पूर्व कर्मचारी र अक्षयकोष दाताहरुलाई सम्मान गरेको छ ।
विद्यालयले ओमनाथ÷ ऋतुकुमारी पाठक अक्षयकोषबाट वर्ष उत्कृष्ट शिक्षको रुपमा धनकुमारी लामा र वर्ष उत्कृष्ट अभिभावक सम्मान योगेन्द्र बहादुर राईलाई प्रदान गरेको छ । त्यसैगरी विद्यालयले पूर्व शिक्षकहरु मनोहर कुमार प्रधान, धनश्याम घिमिरे, राजेश निरौला , अस्मिता धिमाल, , महेन्द्रप्रसाद हजामलाई सम्मान गरेको छ ।


त्यसैगरी विद्यालयले पूर्व कर्मचारीहरु, पर्शुराम खड्का, कर्ण प्रसाद गिरी, निलहरी गिरी, छत्रकुमारी बस्नेत, देवी गिरीलाई सम्मान प्रदान गरेको छ । कर्मचारी स्व.धनप्रसाद गिरीलाई मरणोप्रान्त सम्मान गरेको छ ।
सो अवसरमा विद्यालय स्थापनामा योगदान गर्नुहुने विद्यालयका संस्थापकहरुलाई समेत सम्मान गरिएको थियो । विद्यालले संस्थापक गोपाल खड्का, स्व. गणेश बहादुर कार्की, र स्व. दिनेश कानुलाई सम्मान प्रदान गरेको छ । स्व. कार्की र कानुलाई मरणोप्रान्त सम्मान प्रदान गरिएको हो । सो सम्मान परिवारका सदयले ग्रहण गरेका थिए ।


सो अवसरमा सामूहिक अक्ष्यकोष तथा शिक्षक अभिभावक लगानी कोष स्थापनामा योगदान गर्नुहुने दाताहरुलाई समेत सम्मान गरिएको थियो ।
विद्यालयले शिक्षक अभिभावक लागनी कोषमा ५ हजार बढी रकम दिने २५ जना दाताहरुलाई सम्मान गरेको थियो । त्यसैगरी सामुहिक अक्षयकोषमा योगदान गर्नुहुने १४ जना दातालाई सम्मान गरेको छ ।
हाल शिक्षक अभिभावक कोषमा ४ लाख ५० हजार बढी रकम पुगेको तथा ११० दाताहरुले योगदान गरिसकेको तथा सामूहिक अक्षयकोषमा रु १५ लाख पुगेको विद्यालयका प्रावी इञ्जाचर्ज सन्तलाल माझीले जानकारी दिए ।
विद्यालयले सम्मानित ब्यक्तित्वहरुलाई प्रमु्ख अतिथि तथा अतिथिहरुले दोेसल्ला ओढाएर सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र गिरीको सभापतित्व तथा मेचीनगर ५ का वडाध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडाध्यक्ष कार्कीले गत सालको तुलनामा विद्यालयले शैक्षिक क्षेत्रमा ठूलो सफलता हातपारेको भन्दै खुशी ब्यक्त गरे ।
वडाध्यक्ष कार्कीले शैक्षिक सत्र २०८० को एस ईई परीक्षामा बालकल्याण मावि मेचीनगरमै सबैभन्दा बढी विद्यार्थी उतीर्ण गर्न सफल पहिलो सामुदायिक विद्यालय घोषित भएको बताउँदै विद्यालयले प्राप्त गरेको सफलतालाई सँधै जोगाइ राख्न आग्रह गरे ।
उनले शिक्षा सुधारका लागी ब्यापक छलफल आवस्यक रहेको बताए । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने थुप्रै आधार भएकाले हरेक शिक्षकको छोराछोरी सामुदायिक विद्यालयमा पढाउने वातावरण सिर्जना गर्न सक्नुपर्ने उनको भनाई थियो ।


कार्यक्रममा पूर्व वडाध्यक्ष योगेन्द्र थापाले सामुदायिक विद्यालयहरुमा विद्यार्थीको अभाव सिर्जना हुँदै गएकोले विद्यालयहरु संकटमा पर्न थालेको बताए । उनले सामुदायिक विद्यालय बचाउन समुदाय, शिक्षक, विद्यालय ब्यवस्थापन समिति तथा सरोकारवालाहरु बीच गम्भीर छलफल हुनु पर्नै धारणा राखे । अंग्रेजी मोहले हरेक अभिभावक नानी लिएर निजी विद्यालय जाने अवस्था छ उनले भने, “अव शैक्षिक सुधारको लागि सबै पक्ष गम्भी बन्नु पर्छ ।”
सो अवसरमा अक्षयकोष दाता ज्योती प्रकाश पाठक, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दिलिप सुब्बा लगायतले बोलेका थिए ।
कार्यक्रममा मेचीनगरपालिकाकी कार्यपालिका सदस्य माया प्याकुरेल, मेचीनगर ५ वडा सदस्य मनकुमार लिम्बू, देवीमाया विक, विद्यालयका पूर्व अध्यक्ष रंगलाल गिरी, अनन्त कुमार दाहाल, शिक्षक अभिभावक संघ अध्यक्ष सुभाष लिम्बू, समाजसेवी डम्बर बहादुर पुरी लगायतको आतिथ्यता रहेको थियो ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद न्यौपानेले सहभागिहरुलाई स्वागत गर्दै विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक राजीव गिरीले गरेका थिए

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु