वेद र विज्ञान बुझेका भण्डारीले कथाप्रवचन गर्ने

2025-02-03 मा प्रकाशित

चारआली । आध्यात्मिक परिवारमा हुर्किएका झापा मेचिनगर १२ सहरेडाँगीका हरिकृष्ण भण्डारीले महायज्ञमा आफ्नो पहिलो कथा वाचन गर्ने भएका छ्न् ।
उनका हजुरबुवा परम् तपस्वी विशिष्ट विद्वान पं माधवप्रसाद भण्डारीले स्थापना गरेको श्रीमाधव संस्कृत विद्याश्रममा आगामी फाल्गुन ७ गतेदेखि फाल्गुन १४ गतेसम्म आयोजित श्रीमद्भागवत सप्ताह एवं धनधान्याचल विराट् ज्ञान महायज्ञमा कथा वाचन गर्नेभएका हुन् । ।


संस्कृतको प्रारम्भिक अध्ययन माधव संस्कृत गुरुकुलबाटै गरेका भण्डारीले विज्ञानको समेत गहन अध्ययन गरि भारतको सम्पुर्णानन्द विश्वविद्यालयमा व्याकरण विषय लिई आचार्य (स्नाकोत्तर) अध्ययनरत छ्न् । कुशाग्र बुद्धि भएका भण्डारीले सयौँ संघसंस्था , विद्यालय लगायत क्षेत्रमा वेद र विज्ञानलाई समेटी समन्वयात्मक उत्प्रेरणामुलक प्रशिक्षण दिई छुट्टै पहिचान समेत बनाईसकेका छ्न् ।
कथा वाचनको क्षेत्रमा समाजले नवीन पन खोजी रहेको परिप्रेक्षमा वेद र विज्ञान बुझेका भण्डारीको कथा वाचनबाट नयाँ आयाम आउने संकेत छ । सो अवसरमा पं. कुलशेखर खतिवडाले मुल पाठ पारायण गर्ने भएका छन् ।

गुरुकुलमा रहेका वटुकहरुकालागि निःशुल्क भोजन आवास, एवम् पठन पाठन सञ्चालनको लागि अक्षयकोष वृद्धि गर्न तथा निर्माणाधिन भवन र गुरुकुलको स्तरोन्नति गर्ने उद्देश्यका साथ पुराण आयोजन गर्न लागिएको पुराण आयोजक समितिका अध्यक्ष तिलक गिरीले जानकारी दिए ।
२०५५ सालमा गुरुकुल विधिवत रुपमा दर्ता भए सँगै गुरुकुलको गरिमा उच्च बन्दै गएको र हाल सो गुरुकुलमा ४० जना वटुकहरु अध्ययन गरिरहेका उनले बताए ।

बटुकहरुकोे जीवन जिउने मुख्य आधार मुष्ठि दान नै हो । ८०५ घर मुष्ठि दाता सदस्यहरुबाट संकलित मुष्ठिदानबाट बटुकहरुको भोजनको प्रवन्ध गरिएको पण्डित हरिकृष्ण भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु