हिमालयन कप भलिवलको उपाधी सनसाइनको पोल्टामा

2025-02-04 मा प्रकाशित

धुलाबारी । मेचीनगर –१० स्थित हिमालयन इङ्लिस एकाडेमीको आयोजनामा सञ्चालित हिमालयन कप भलिवल प्रतियोगिता दोस्रो संस्करणको उपाधी मेचीनगर –२ स्थित सनसाइन अंग्रेजी माविले जितेको छ ।
सोमबार सम्पन्न फाइनल खेलमा पशुपति मावि काकरभिट्टालाई २५–१६ र २८–२६ को सोझो सेटमा पराजित गर्दै सनसाइनले उपाधी जितेको हो । प्रतियोगितामा काकरभिट्टा स्थित तारापुञ्ज अंग्रेजी माविले तेस्रो स्थान हासिल गरेको थियो ।
प्रतियोगिताको विजेताले ९ हजार नगद, ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता टिमले नगद ६ हजार र तेस्रो हुने टिमले नगद ३ हजार, ट्रफि र प्रमाण पत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक भास्कर निरौलाले जानकारी दिए ।

विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सन मेचीनगरका अध्यक्ष बिक्रम क्षेत्री, हिम्मत हिमालयन एजुकेसन फाउण्डेशनका कार्यकारी निर्देशक कमल कोईराला, प्रतियोगिता संयोजक निरौला लगायतले ट्रफि तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

संयोजक भास्कर निरौलाको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि विक्रम क्षेत्री, कार्यकारी निर्देशक कमल कोइरालाले बोलेका थिए ।

प्रतियोगितामा मेचीनगरका २४ वटा विद्यालय सहभागि थिए । प्रतियोगिता माघ १९देखि २१ गतेसम्म हिमालयन इङलिस एकाडेमीको मैदानमा सञ्चालन भएको थियो।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु