
बाहुण्डाँगी । मेचीनगर –४, बाहुण्डाँगी स्थित सहिद बिश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानले बुधबार एक कार्यक्रमबीच प्रजातन्त्र प्राप्तिकोलागि जीवन उत्सर्ग गरेका सहिदलाई मरोणपरान्त सम्मान गरेको छ ।
सहिद सप्ताहब्यापी कार्यक्रम अन्तरर्गत प्रजातान्त्र स्थापनार्थ ज्यान बलिदान दिने सहिदलाई प्रतिष्ठानले सम्मान गरेको हो ।
२०६२÷ ०६३ को जनाआन्दोलनका सहिद राजन गिरीका बुवा केदारशम्शेर गिरीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सहिद परिवारका सदस्यलाई दोसल्ला तथा सम्मानपत्र द्वारा सम्मान गरिएको थियो । सम्मानितहरुमा प्रजातान्त्रिक आन्दोलनमा सहदत भएका स्वर्गीय कृष्णलाल नेपालको सम्मानपत्र उनकी धर्मपत्नी तुलसा नेपाललाई प्रदान गरिएको थियोे ।
त्यसैगरी स्वर्गीय मंगरु किसानको सम्मान उनका छोरा जगतबहादुर किसान, स्वर्गीय लालबहादुर तामाङको सम्मानपत्र छोरी गीता तामाङलाई र स्वर्गीय रत्नकुमार राइूको सम्मानपत्र छोरा केदारबहादुर राईलाई कार्यक्रमका प्रमुख अतिथि केदारशंसेर गिरी तथा विष्ष्टि अतिथिहरुले प्रदान गरेका थिए ।
सो अवसरमा मेचीनगर स्तिरिय कविता वाचन प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा मेचीनगरका ८ वटा सामुदायिक तथा निजी भाग लिएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको निर्णायक समितिका संयोजक मिलन ढुंगानाले बताए । प्रतियोगितामा पवित्रा माबिका जेनिसा राना प्रथम, युनाइटड अँग्रेजी विद्यालयका अस्मिता तामाङ दोस्रो, विद्याविकास एकाडेमीकी प्रस्तुति काफ्ले तेस्रो र अंशु एकाडेमीकी सन्चिता नेपालीले सान्तवना पुरस्कार प्राप्त गरेको प्रतिष्ठानका सचिव निरज घिमिरेले जानकारी दिए।
कार्यक्रममा प्रमुख अतिथि केदारशसेर गिरी, प्रदेश सदस्य गोपाल तामाङ, पत्रकार चन्द्र भण्डारी, निलकण्ठ तिवारी, सहिद परिवारका सदस्य गोपी रिजाल लगायतले मन्तव्य राखेका थिए ।
सहिद बिश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष राम कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य र्इन्द्र बुढाथोकीले स्वागत र सचिव निरज घिमिरे र शान्ता निरौलाले सञ्चालन गरेका थिए ।
प्रतिकृया दिनुहोस्