चारआलीमा फागुन ९ गतेचर्चित ब्यान्ड जोन एण्ड द लोकल्सको बेजोड प्रस्तुती रहने

2025-02-08 मा प्रकाशित

मेचीनगर। झापाको चारआलीमा “चाराली म्युजिक फेस्ट २०२५ ” आयोजना हुने भएको छ। फागुन ९ गते (फेब्रुअरी २र्१) निचाझोडा सिमसार नजिकै हातेमालो ग्राउन्डमा सम्पन्न हुने आयोजक बज्रा इभेन्टले जनाएको छ।

यस कार्यक्रममा मुख्य आकर्षणको रूपमा लोकप्रिय व्यान्ड ले आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गर्नेछ। चारालीदेखि करिव १ कि मि तल रहेको निचाझोडा सामुदायिक बन क्षेत्रमा कार्यक्रम हुने र कार्यक्रममा हजारौं देश तथा विदेशी संगीतप्रेमीहरूको सहभागीता रहने आयोजकले अपेक्षा गरेको छ।

यस कार्यक्रमले स्थानीय समुदायमा सांगीतिक क्रान्तिको नयाँ आयाय खोल्ने र उत्कृष्ट संगीत अनुभव र मनोरन्जन प्रदान गर्ने आयोजकले विश्वास गरेको छ।

स्थानीय संगीत प्रवर्द्धन र सांस्कृतिक संरक्षण, युवा पुस्तामा प्रेरणा र सृजनात्मकता विकास, सामुदायिक एकता र सांस्कृतिक संवाद, स्थानीय अर्थतन्त्र र संगीत उद्योगको समर्थन, सामाजिक संदेश र चेतनाको प्रवाह, हाम्रो क्षेत्रको पहिचान र व्यापाररव्यवसाय वृद्धिमा योगदान र स्थानीय ऐतिहासिक र पर्यटकीय आकर्षणहरूको प्रवर्द्धन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।

यश कार्यक्रमले यस क्षेत्रमा रहेका आकर्षित स्थलहरू, जस्तै पाउ पाथीभरा मन्दिर, निचाझोडा सिमसार लगायतका सांस्कृतिक र पर्यटकीय पहिचानका महत्वपूर्ण अङ्ग भएकोले कन्सर्टमार्फत यी स्थलहरूको प्रवर्द्धन गर्ने, तिनीहरूको महत्त्व र सौन्दर्यलाई स्थानीय र बाह्य दर्शकहरूसम्म पुर्याउने उद्देश्य पनि आयोजकले राखेको छ।

यो अभियानका साझेदारहरूका रुपमा बेभ्रेज पार्टनर बाह्रसिंगे , इण्डिया टिकटिंग पार्टनर सजिलो इभेन्ट्स्, हस्पिटालिटी पार्टनर होटल मेची क्राउन, क्लब पार्टनर, एयरलाइन्स पार्टनर सौर्य एयरलाइन्स र नेपाल टिकटिंग पार्टनर खल्ती रहेको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु