नकलबन्दामा फागुन ७ गतेदेखि दोस्रो नकआउट फुटबल प्रतियोगिता आयोजना हुने

2025-02-12 मा प्रकाशित

नकलबन्दा । मेचीनगर– ५ स्थित नकलबन्दामा आगामी फागुन ७ गतेदेखि दोस्रो नगरस्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
आयोजकले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
प्रतियोगितामा झापा जिल्लाका १० वटा फुटबल टिमले सहभागिता जनाउने र प्रतियोगिता सम्पन्न गर्न ६ लाख खर्च हुने आयोजकले आयोजकले जनाएको छ ।
नकलबन्दाको इतिहासलाई उजागर गर्न क्लब दर्ता गरेर फुटवल प्रतियोगिताको आयोजना गर्न लागिएको आर्थिक संयोजक नारायण खड्काले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार, ट्रफी, मेडल प्रमाणपत्र तथा दोस्रो टिमलाई नगद ३० हजार ट्रफी, मेडलद्वारा पुरस्कृत गरिने बताइएको छ
खेल अवधिभर सर्वाधिक गोलकर्ता, म्यानअफ द म्याच घोषित खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने सल्लाहकार संयोजक पर्शुराम पराजुलीले बताए । उनले मेची नगर खेलकुद बिकास समितिले क्लबले आयोजना गरेको प्रतियोगिताका बजेट नछुट्याएको गुनासो गरे ।
फुटबल टिमलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको क्लबका अध्यक्ष भक्त गुरुङले जानकारी दिए । स्थानीय मेची आधारभूत विद्यालयको प्राङ्गणमा आयोजना हुने फुटबल प्रतियोगिताका लागि नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाले एउटा पुरस्कारको राशी प्रायोजन गर्ने जनाएको छ । नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशवप्रसाद तिम्सिना, पुष्प गेलाललगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सुरज तामाङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु