भारतका उपराष्ट्रपति नायडु कोरोना संक्रमित

2020-09-30 मा प्रकाशित

झापा १४असोज  । भारतमा दिनानु दिन कोरोना संक्रमण र मृत्यु बढीरहेको छ । त्याहाँका उच्च पदस्थ राजीतिक व्यक्ति र अधिकारीहरु पनि लगातार संक्रमित भईरहेका छन् ।
पछिल्लो समय उपराष्ट्रपति वेकैया नायडु कोरोना संक्रमित भएका छन् । उनले आफू कोरोना पोजेटिभ भएको भन्दै होम क्वारेन्टाईनमा बसेको बताएका छन् ।
यस अघि केन्द्रीय गृहमन्त्री अमिति शाह सहित अन्य मन्त्रीहरु कोरोना संक्रमित भएका थिए ।
त्यस्तै उत्तर प्रदेशका दुई जना मन्त्रीको कोरोनाका कारण ज्यान गएको थियो ।
भारतमा कोरोना संक्रमितको संख्या ६० लाख पार भएको छ भने मृत्यु हुनेको संख्या एक लाख नजिक पुगेको छ ।एजेन्सी

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु