मेचीमा अस्पतालमा सशुल्क पीसीआर परीक्षण सेवा सुरु

2020-10-01 मा प्रकाशित

झापा । मेची प्रादेशिक अस्पताल भद्रपुरले सर्वसाधारणको सशुल्क पीसीआर परीक्षण सेवा सुरु गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलका अनुसार कोभिड–१९ को स्वेच्छिक पीसीआर परीक्षण गरेवापत नेपाल सरकारले तोके बमोजिम रु। दुई हजार शुल्क लाग्नेछ ।

अस्पताल मातहत हाल भद्रपुर र कनकाईमा गरी दुई वटा पीसीआर मेसिन सञ्चालनमा छन् । केही दिनमै अर्को एउटा मेसिन समेत थपिने उनले बताए ।

सरकारले लक्षण नभएकाहरुको पीसीआर परीक्षण नगराउने नीति लिएपछि सर्वसाधारणले शुल्क तिरेर भए पनि स्वेच्छिक परीक्षण गराउन थालेका छन् ।

तर कोभिड अस्पतालमा भर्ना भएका विरामीका लागि भने पीसीआर परीक्षण निःशुल्क गरिने अस्पतालका अध्यक्ष पोर्तेलले जानकारी दिए ।

झापामा मेची प्रादेशिक मातहत रहेका दुई वटा मेसिनबाट मात्र पीसीआर परीक्षण हुँदै आएको छ । पछिल्लो समय पीसीआर गराउनेको सङ्ख्या न्यून हुँदै गएको उनले बताए । अस्पतालमा दैनिक एक हजार जनासम्मको पीसीआर परीक्षण गर्ने क्षमता छ । तर मेसिनको क्षमताको आधा पनि उपयोग भएको छैन ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु