सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुँदैन : महामन्त्री शर्मा

2025-02-27 मा प्रकाशित

मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल विधेयक संशोधन नगरी हुबहु पारित नहुने बताएका छन् । पछिल्लो समय सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकको चर्को आलोचना भइरहेको बेला सत्तारुढ दल कांग्रेसका महामन्त्री शर्माले विधेयक संशोधन नगरी हुबहु पारित नहुने बताएका हुन् ।

बिहिबार  मेचीनगर १० स्थित धुलाबारीमा प्रेस क्लब मेचीनगरको १० औं साधारण सभा तथा छौठौं अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र बितरण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै झापा क्षेत्र नं १ का प्रतिनिधी सभा सदस्य समेत रहेका महामन्त्री शर्माले सामाजिक सञ्जाल विधेयक संशोधन नगरी पास हुने कुरामा आफूहरू सहमत नहुने बताए।

उनले ‘सम्माननीय प्रधानमन्त्रीले केपी ओलीज्यूलाई उहाँकैै गृह जिल्ला झापाबाट भन्न चाहन्छु, सामाजिक सञ्जाल विधेयक जुन राष्ट्रिय सभामा आएको छ, यसलाई संशोधन नगरीकन पास हुन दिने कुरामा हामी सहमत हुँदैनौँ’, उनले भने, ‘अहिलेकै अवस्थामा सामाजिक सञ्जाल विधेयक पारित गर्ने तर्फ कोही नलागे हुन्छ।’

साथै उनले पत्रकारले नकरात्मक र निराशामुखी सामाग्री मात्रै प्राथमिकतामा राखेर सम्प्रेसण गर्नु भन्दा सकरात्कम र सुधारमुखी सामाग्रीहरु पस्कन सके समाजलाई थोरै भएपनि हौसला मिल्ने उनको भनाइ छ ।

कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, नेपाली काँग्रेस क्षेत्रिय सभापनि इन्द्रबहादुर बुढाथोकी, माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरिया, प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आचार्य, संस्थापक उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, पुर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ झापा कोषध्यक्ष मुक्ति पौडेल, क्लबका निवर्तमान अध्यक्ष डम्बर बरालले मन्तव्य राखेका थिए ।

फागुन ७ गते सम्पन्न निर्वाचनबाट सर्वसम्मत भएका कार्यसमितिका पदाधिकारीहरुलाई प्रमुख अतिथि संघीय सांसद एबम् नेपाली काङ्ग्रेसका महामन्त्री शर्मा र विशेष अतिथि मेचीनगर नगरप्र्रमुख गोपालचन्द्र बुढाथोकीले निर्वाचन समितिले तयार परेको प्रमाणपत्र बितरण गरेका थिए । त्यसैगरी निवर्तमान समितिका अध्यक्ष बरालले नवनिर्वाचित समितिका अध्यक्ष प्रकाश पौडेल र सचिव प्रविण अधिकारीलाई माइनुट, कार्यालयको चावीलगायतका सामाग्री हस्तान्तरण गरे ।

निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र निरौलाको अध्यक्षतामा सम्पन्न प्रमाणपत्र बितरण तथा पद हस्तान्तरण कार्यक्रम निर्वाचन समितिका सदस्य प्रकाश उप्रेतीले सञ्चालन गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु