पाँचौ मेचीनगर गोल्डकप : कालिम्पोङलाई हराउँदै आयोजक सेमिफाइनलमा

2025-03-08 मा प्रकाशित

मेचीनगर । झापाको मेचीनगरमा शनिबारबाट सुरु भएको पाँचौ मेचीनगर गोल्डकपको उद्घाटन खेलमा पाहुना टोलि कालिम्पोङमाथि सहज जित निकाल्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनल प्रवेश गरेको छ ।

काँकरभिट्टा खेल मैदानमा आयोजित प्रतियोगिताको पहिलो खेलमा जर्जियन फुटबल क्लब कालिम्पोङलाई ४-२ गोल अन्तरले हराउँदै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा पाहुना टिम कालिम्पोङले खेलको २८ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । कालिमपोङका लागि सत्यम शर्माले उत्कृष्ट फृकिक गर्दै पहिलो गोल गरेका थिए ।

पहिलो हाफको ४४ औं मिनेटमा आयोजकका निशान लिम्बूले पेनाल्टीमार्फत गोल गर्दै ुस्कोरु बराबरी गरे ।

जर्जिएन कालिम्पोङका खेलाडीले आयोजका बिदेशी खेलाडी इब्राहिमलाई डिबक्समा फल गरेपछि आयोजक काँकरभिट्टाले पेनाल्टी पाएको थियो ।

दोस्रो हाफको छैटौं मिनेटमा आयोजकका लागि बिदेशी खेलाडी इब्राहिमले हेडमार्फत टिमका लागि दोस्रो गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको १६ औं मिनेटमा निशान लिम्बुले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-१  को अग्रता दिलाए ।

लगत्तै १९ औं मिनेटमा आयोजका रोबर्टले टिमका लागि चौथो गोल गर्दा आयोजक ४-१ को अग्रता लिन सफल भयो ।

दोस्रो हाफको अतिरिक्त समयमा कालिम्पोङका सत्यम शर्माले टिमका लागि दोस्रो गोल गर्दै गोलअन्तर ४-२ ले घटाए ।

उद्घाटन खेलको म्यान अफदि म्याच २ गोल गरेका आयोजका निशान लिम्बू घोषित भए । उनले नगद ११ हजार प्राप्त गरे ।

उद्घाटन खेलमा दर्शकको उल्लेखनीय सहभागिता थियो ।

प्रतियोगिताको दोस्रो खेलअन्तर्गत आइतबार चर्च बोइज काठमाण्डौं र झापा एफसी बीच हुने आयोजकका महासचिव लाक्पा तामाङले बताए ।

प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख तथा ट्रफि प्राप्त गर्नेछन् । गोल्डकपको उत्कृष्ट खेलाडीलाई ५१ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, उत्कृष्ट गोलरक्षक र कोचले २१र२१ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै उदीयमान खेलाडीले नगद १५ हजार, प्रत्येक खेलको उत्कृष्ट खेलाडीले ११ हजार पाउने छन् ।

गोल्डकपको संरक्षकमा मेचीनगर नगरपालिका रहेको छ भने प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघ र मेचीनगर खेलकुद विकास समिति रहेको छ ।

होटल मेची क्राउन मुख्य प्रायोजक रहेको प्रतियोगिताको सह–प्रायोजकमा मेची नेत्रालय आँखा अस्पताल रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु