
2025-03-09 मा प्रकाशित
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले प्रदर्शन गरेका छन् । आइतबार दिउँसो पूर्वराजाका समर्थकहरुले एयरपोर्ट गेट अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरु पोखराबाट काठमाडौँ आउँदै गरेका पूर्वराजा शाहलाई स्वागत गर्न एयरपोर्ट गेटमा पुगेका हुन् । शाह ३ बजे काठमाडौँ फर्किँदैछन् । राजावादीको प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बन्न थालेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि विभिन्न ठाउँबाट निस्किरहेका जुलुसले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनिरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रवक्ता एसपी सञ्जयबहादुर राउतले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्