रोटरीद्वारा मेची अस्पताललाई पीसीआर मेसिन

2020-10-01 मा प्रकाशित

मेचीनगर, १५ असोज । रोटरी क्लब अफ बिर्तामोडको अगुवाइमा मेची प्रादेशिक अस्पताल भद्रपुरलाई आज पीसीआर मेसिन प्रदान गरिएको छ ।

झापामा कोरोना संक्रमणको दर उच्च रहेका बेला कोरोना परीक्षणमा सहयोग पुर्याउने उद्देश्यले रोटरी क्लबले अस्पताललाई एउटा पीसीआर मेसिन प्रदान गरेको हो ।

रोटरी क्लबका रिजन ७ मा रहेका क्लबहरुद्वारा संयुक्त रुपमा मेसिन प्रदान गरिएको थियो ।

मेची प्रादेशिक अस्पताल भद्रपुरका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा भएको कार्याक्रममा डिस्ट्रिक सेक्रेटरी सुशील रिजाल, एजी सपना रिजाल, नवीनकुमार श्रेष्ठ, रोटरी क्लब बिर्तामोडका अध्यक्ष निर्मल भट्टराई, बिर्तामोड मिडटाउनका प्रशान्त भण्डारी लगायतले संयुक्त रुपमा उक्त मेसिन प्रशासनलाई प्रदान गरेका थिए ।

मेसिन ग्रहण गर्दै अस्पतालका सञ्चालक समिति अध्यक्ष समेत रहेका पोर्तेलले रोटरीले प्रदान गरेको मेसिनले अस्पताललाई कोरोना परीक्षणमा थप सहज हुने बताएका छन् ।

स्वीस सरकारको सहयोगमा यसअघि मेची प्रदेशिक अस्पतालमा एउटा र जनस्तरबाट कोटिहोममा अर्को पीसीआर मेसिन रहेको बताउँदै रोटरी क्लबले प्रदान गरेको अध्यक्ष पोर्तेलले बताए ।

कोरोना परीक्षणको दायरा बढाएको खण्डमा पनि अव सहजै कोरोना परीक्षण गर्न सकिने बताउँदै पोर्तेलले भने–‘यसअघि दैनिक १३ सय स्वाबको नमूना परीक्षण गर्न सकिने अवस्था रहेपनि अब थप परीक्षण गर्न सकिने छ ।’

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन डा।पिताम्वर ठाकुरले दाताले प्रदान गरेको मेसिनको संरक्षण र मेसिनको सही सदुपयोग गर्ने कार्यमा चुनौति थपिएको बताए ।

उनले भने– हात्ती किन्न सजिलो छ, तर राख्ने ठाउँको व्यवस्थापन र पाल्न मुस्किल छ । दाताले प्रदान गरेको मेसिनले मेची अस्पताललाई थप जिम्मेवारी बोध गराएको डा।ठाकुरले बताए ।

कार्यक्रममा रोटरी क्लबका डिस्ट्रिक सेक्रेटरी रिजाल रोटरीले सातै प्रदेशमा एक एक थान मेसिन प्रदान गर्ने कार्यक्रम रहेको बताए । सोही अनुरुप प्रदेश १ को मेची अस्पतालाई पीसीआर मेसिन उपलब्ध गराएको उनले बताए ।

कार्यक्रममा बिर्तामोड मिडटाउनका प्रशान्त भण्डारी, भद्रपुरका आदित्य पराजुली, काँकरभिट्टाका कृष्णकान्त खनियाँ ९नवराज०, सुरुङ्गाका टिकाप्रसाद कट्टेल, दमककी शान्ता नेपाल ढकाल लगायतको सहभागीता थियो ।

बिर्तामोड अध्यक्ष भट्टराईले स्वागतसहित धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन मिनप्रकास मैनालीले गरेका थिए ।लोकतन्त्रबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु