कृषि फर्म तथा कृषक समुहलाई आलुको बिउ बितरण

2020-10-01 मा प्रकाशित

इलाम। इलामको रोङ गाउपालिका वडानम्बर ३ का कृषि फर्म तथा कृषक समुहलाई आलुको बिउ बितरण गरिएको छ ।

३ नम्बर वडा कार्यालयको ५० प्रतिसत अनुदानमा आलुको बिउ बितरण गरिएको हो । गाउपालिकाको कृषि बिकास साखामा दर्ता भइ सञ्चालनमा रहेको ९ वटा कृषक समुह र २ वटा कृषि फर्मलाई ६ हजार ४ सय किलो आलुको बिउ बितरण गरिएको हो ।

प्रति केजी ७५ रुपैयामा खरिद गरिएको आलुको बिउको मुल्यमा ५० प्रतिसत अनुदान दिइ किसानलाई प्रति केजी ३७ रुपैया ५० पैसामा बितरण गरिएको हो । आलुको बिउ बितरण कार्यक्रमलाइ सम्बोधन गर्दै गाउपालिका उपाध्यक्ष चन्द्रकला राईले किसानलाई ब्यवसायिक बनाउन वडाकार्यालयले बनाएको अनुदान कार्यक्रम प्रभावकारी हुने बताउनु भयो ।

‘अहिले बजार मुल्य नै बढि भइरहेको अवस्थामा प्रति केजी आलु साढे सड्तीसमा नै उपलब्ध गराउनु रामो काम हो उपाध्यक्ष राईले भन्नु भयो, किसानले पनि मिहेनत गरेर अनुदानको सदुपयोग गर्नुपर्ने छ । उपाध्यक्ष चन्द्रकला राईको प्रमुख आतित्यता र प्रमुख प्रशाकीय अधिकृत प्रयास भट्टराईको बिशेष आतिथ्यतामा बिउ बितरण कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा कृषि बिकास साखाका प्रमुख सन्तोष लाप्चाले आलुखेतीको प्रबिधिक पक्षहरुको बारेमा किसानहरुलाई जानकारी गराउनु भएको थियो । नायब प्रबिधिक सहायक रमा गुरगाइले सञ्चालन गरेको कार्यक्रम कार्यबाहक वडाअध्यक्ष योगमाया सुनुवारको सभापतित्वमा सम्पन्न भएको थियो ।

यसरी आलुको बिउ पाउने समुह हरुमा सिर्जनशिल कृषक समुह, नमुना कृषक समुह, फोक्टी कृषक समुह, शान्ति कृषक समुह, गोरेपोखरी कृषक समुह, सिंह देबी कृषक समुह, ग्रामिण कृषक समुह रहेका छन् ।

त्यसैगरी नव बुध्द च्याउ फार्म र सोमिया पुग्याल कृषि फार्म ले पनि अनुदानको आलुको बिउ पाएका छन् । समुहले माग को आधारमा ३ सय ६० केजी देखि ११सय केजी सम्म बितरण गरिएको कृषि बिकास साखाका नायब प्राबिधिका सहायक रमा गुरगाइले बताउनुभयो ।

वडा नम्बर ३ मा किसानहरुको लागि बिभिन्न प्रभावकारी कार्यक्रमहरु सञ्चालन भइरहेको किसानहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु