सद्गुरु मानव सेवा फाउण्डेसनद्वारा सविनको उपचारमा सहयोग प्रदान

2025-03-23 मा प्रकाशित

मेचीनगर । गत मंगलबार विद्यालयमा चिप्लेटी खेल्दै गर्दा लडेर गम्भीर घाइते भएका मेचीनगर –२ संगम चोकका सविन नेपालको उपचारमा सहयोग जुटन् थालेको छ ।
मानविय सेवामा समर्पित सद्गुरु मानव सेवा फाउन्डेसनले आइतबार अस्पताल पुगेर विरामीको परिवारलाई नगद रु १० हजार एकसय रुपैयाँ सहयो प्रदान गर्याे । सहयोग प्रदान गर्न सद्गुरु मानव सेवा फाउन्डेसका अध्यक्ष मुकुन्द नेपाल, प्रवन्ध निर्देशक सचिन निरौला, फाउन्डेसनका सदस्य हरि रिजाल, सञ्चालक कुमार ढुंगाना, प.इन्द्र सुवेदी, सविन बचाउ अभियानका संयोजक गोपी रिजाल लगायतको टोली अस्पताल पुगेको थियो । उनीहरुले घाइते सविनको आमा र दिदीलाई सो नगद सहयो प्रदान गरेको फउण्डेसनका प्रवन्ध निर्देशक सचिन निरौलाले जानकारी दिए ।
मेचीनगर –२ स्थित भानु माविमा कक्षा ३ मा अध्ययनरत नेपाल गत मंगलबार विद्यालयमा चिप्लेटी खेल्ने क्रममा लडेर घाइते भएका थिए । उनको हाल बिएण्सी अस्पतालमा उपचार भइरहेको छ । लडेर घाइते भएका नेपालको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको टाउकोमा रगत जमेको र त्यसलाई औषधिको प्रयोगले ठिक गर्ने काम भइरहेको अस्पतालले जनाएको छ ।
विपिनका बुबा– आमाको बोली छैन, नत बस्ने राम्रो ओत छ, सविन बचाउ अभियानका संयोजक गोपी रिजालले भने, ‘बुबा आमा दुबै सोझो हुनुहुन्छ नत आफ्नो जमिन छ, नत उपचार गर्ने पैसा नै त्यसैले उपचारमा सबैले सहयोग गरिदिनु होला ।’ अर्काले दिएको जमिनमा चित्राले बारेको घरमा बस्दै आएका नेपाल दम्पत्ती मजदुरी गरेर जीवन निर्वाह गर्दै आएको उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु