मेचीनगर – ८ मा प्रथम मेचीनगर कप टि– १० क्रिकेट प्रतियोगिता आयोजना हुने

2025-03-25 मा प्रकाशित

मेचीनगर। झापाको मेचीनगर नगरपालिका – ८ मा प्रथम मेचीनगर कप टि१० क्रिकेट प्रतियोगिता हुनेभएको छ।

बि एण्ड एस क्रिकेट क्लबको आयोजना तथा मेचीनगर वडा नम्बर – ८ को सहयोगमा यहि चैत्र २८ गतेदेखि ३० गतेसम्म प्रतियोगिता हुने र नेपाल र भारतका गरी १६ टिमको सहभागिता रहने आयोजकले आज पत्रकार भेटघाट मार्फत जानकारी दिएको छ।

क्रिकेट खेलको विकास तथा स्थानीय खेलाडीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ उक्त प्रतियोगिता आयोजना गरिएको अध्यक्ष भूपाल बुढाथोकीले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५० हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ भने उपविजेतालाई नगद रु २५ हजार ट्रफी र मेडल प्रदान गरिने प्रतियोगिता आयोजक समितिका सदस्य समीर श्रेष्ठले जानकारी दिए।

उक्त प्रतियोगिता मेची विद्योदय आधारभूत विद्यालयको खेलमैदान र शान्ति बन बाटिकाको खेलमैदानमा हुनेछ। प्रतियोगिता सम्पन्न गर्नका लागि अहिले तयारीमा जुटिरहेको समेत आयोजकले जनाएको छ।

पत्रकार भेटघाट कार्यक्रममा क्लबका उपाध्यक्ष शंकर धिमाल, सचिव जित धिमाल, उप(सचिव विशोक श्रेष्ठ, सञ्चार प्रतिष्ठान मेचीनगरका अध्यक्ष शिशिर चम्लागाईँ, प्रेस क्लब मेचीनगरका निवर्तमान अध्यक्ष डम्बर बराल, अध्यक्ष प्रकाश पौडेल, कैलाश प्रधान लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु