वडास्तरीय फुटबल : वडा नं. ५ र ६ सेमिफाइनलमा

2025-04-04 मा प्रकाशित

 

मेचीनगर । मेचीनगर–३ स्थित बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत बिहीबार भएको खेलमा  वडा नं.५ र वडा नं.६ सेमिफाइनलमा प्रबेश गरेका छन ।

नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नं. ७ लाई ३–१ को गोल अन्तरले पछि पार्दै ५ सेमिफाइनलमा प्रबेश गरेको हो ।

जितका लागि राज क्षेत्रीले २ र अनिस खड्काले १ गोल गरे । यता वडा नं. ७ का अरुण मेचेले गोल गरे । खेलको म्यान अफ द म्याच बिजेता टिमका राज क्षेत्री भए । उनलाइ नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्कीले ट्रफी र नगद हस्तान्तर गरेका थिए ।

यसैगरी दोस्रो खेलमा वडा नं. १२ लाई वडा नं.६ ले टाइब्रेकरमा ४–३ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ ।
खेलको निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछी सोझै टाइब्रेकरद्वारा निर्णय लिएको थियो । टाइब्रेकरमा वडा नं.६ भाग्यशाली बन्यो ।

खेलको म्यान अफ द म्याच बिजेता टिमका देवन भुजेल घोषित भए । उनलाइ झापा जिल्ला फुटबल सङघका महासचिव सेरबहादुर बस्नेत र काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलीले ट्रफी र नगद प्रदान गरे ।

शुक्रवारको पहिलो सेमिफाइनल खेल वडा नं. ५ र वडा नं. ११ तथा दोस्रो खेल वडा नं. ९ र वडा नं.६ बिच हुने खेलकुद सम्योजक खेम सावाँले बताए ।

वडा कार्यालय वडा नं.३ को आयोजनामा चैत १६ गतेबाट सुरु भएको प्रतियोगितामा मेचीनगरका १५ वटा वडाहरु सहभागिता छन ।

प्रतियोगिताको फाइनल खेल २३ गते शनिवार हुनेछ । प्रतियोगितामा बिजेता टिमले नगद ४० हजार भने उपबिजेता टिमले नगद २० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सचिव राजकुमार रायाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु