‘उज्यालो’ ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ नभएको पुष्टि

2025-04-04 मा प्रकाशित

मेचीनगर । मेचीनगर –७ स्थित राधाकृण इण्डष्ट्रिजबाट उत्पादित ‘उज्यालो’ ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ नभएको तथा खान योग्य रहेको खाद्य प्रयोगशालाले पुष्टि गरेको छ ।
गत चैत ३ गते उज्यालो ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ मिसावट भएको भन्दै उपभोक्ताले गुनासो गरेपछि सो चामल नमूना परीक्षणकोलागि मेची उद्योग वाणिज्य संघ, मेचीनगरपालिका, इलाका प्रहरी कार्यालय धुलाबारीको रोहबरमा खाध्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुर मार्फत खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर पठाइएको थियो ।
खाध्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय बिराटनगरले चामलको नमूना परीक्षण पछि सो चामलमा कुनै किसिमको मिसावट नभएको तथा नेपाल सरकारले चामलको लागि तोकेको अनिवार्य गुणस्तर अनुरुप भएकोले रोक्कागरी राखिएको चामल फुकुवा गरिदिन इलाका प्रहरी कार्यालय धुलाबारीलाई पत्र लेखेपछि ‘उज्यालो’ब्राण्डको चामल खान योग्य रहेको पुष्टि भएको हो ।
मेचीनगर – १० स्थित कट्टेल किराना पसलबाट एक उपभोक्ताले खरिद गरेको सो ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ मिसावट भएको भन्दै उपभोक्ताले गुनासो गरेपछि सञ्चारमाध्यममा समेत सो विषय प्राथमिकता पाएको थियो ।
खाध्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरले चामलको खाध्य स्वच्छता तथा गुणस्तरमा कुनै समस्या नरहेको स्पस्ट पार्दै पत्र पठाएसँगै मेची उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गरेर उज्यालो ब्राण्डको चामल नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर अनुरुपको रहेको तथा कुनै सिमको मिसावट नभएको जानकारी गराएको छ ।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा अध्यक्ष प्रसाईलेले भने, ‘चामलमा प्लाष्टिक जन्यपदार्थ मिसावट छ भन्ने गुनासो आएपछि तत्काल हामी पनि पुग्यौं, मेचीनगरपालिका, इलाका प्रहरी कार्यालय धुलाबारी र मेची उद्योग वाणिज्य संघको रोहबरमा परीक्षणकोलागि विराटनगर पठाइएको थियो । परीक्षणपछि खाध्य स्वच्छता रहेको पुष्टि भयो ।’ उनले घटनापछि उद्योगमा परेको नकारात्म असरप्रति दुःख ब्यक्तगरे । उनले उद्योगलाई पुनः पुरानै लयमा फर्काएर अघि बढ्न उद्योग सञ्चालक अरुण कुमार शाहलाई आग्रह समेत गरे ।
सो अवसरमा मेचीउद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डालमियाँले यस घटनाले राधाकृण इण्डष्ट्रिलाई ठूलो क्षति पुगेको बताए । यहाँ सबै पक्षबाट कमी कमजोरी भएको छ, उनले भने, ‘आगामी दिनमा सच्चिन जरुरी छ ।’ कुनैपनि घटनामा सत्य तथ्य नबुझी हतारमा समाचार नपस्कन उनले पत्रकारहरुलाई समेत सुझाए ।
मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम मेचीनगर –७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले मेचीनगरका उद्योगहरु नगरकै सम्पत्ती भएको बताउँदै सबैखाले उद्योगको संरक्षणमा लाग्न आग्रह गरे । उनले राधाकृण इण्डष्ट्रिजको ब्यापार प्रवद्र्धनमा सबै क्षेत्रले सहयोग गर्नुपर्ने समेत धारणा राखे । सो अवसरमा  राधाकृष्णका सञ्चालक अरुणकुमार शाहले सत्यतथ्य नबुझी समाचार सम्पे्रषणहुँदा उद्योगले ठूलो क्षति व्यहोनृु परेको भन्दै उद्योगको गुमेको शाखलाई फर्काउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनले वास्तविकता नबुझी हतारमा समाचार सम्पे्रषर्ण नगर्न समेत आग्रह गरे ।
वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले स्वागत गरेको पत्रकार सम्मेलनको सहजीकरण महासचिव दिनेश शाक्यले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु