नाटाको प्रदेश अध्यक्षमा श्रेष्ठ, पत्रकार उप्रेती सम्मानित

2020-10-04 मा प्रकाशित

झापा, १८ असोज । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट ९नाटा० प्रदेश नम्बर १ को अध्यक्षमा काँकरभिट्टाका पर्यटन व्यवसायी उदयकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
नाटाको शनिवार विर्तामोडमा सम्पन्न साधारणसभाले श्रेष्ठलाई आगामी दुई वर्षे कार्यकालका लागि निर्विरोध चयन गरेको हो ।

प्रदेश कार्य समितिको वरिष्ठ उपाध्यक्षमा पुण्य भट्टराई, उपाध्यक्षमा ऋषि तिम्सिना, महासचिवमा नवीन खरेल, सचिवमा सुरेन्द्र पौडल, कोषाध्यक्षमा सञ्जित तामाङ, सदस्यहरुमा मोहन सिलवाल, जीवन पराजुली, धर्मराज शिवाकोटी र चक्र बहादुर कार्की चयन भएका छन् ।

कार्यक्रममा पत्रकार उप्रेतीलाई सम्मान गरिएको छ । आयोजकले यसवर्षको नाटा उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार लक्ष्मी उप्रेतीलाई प्रदान गरेको छ ।

नगद १० हजार १ सय ११ रुपैयाँसहित प्रदान गरिएको सम्मान पत्र साधारणसभाका प्रमुख अतिथि विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नाटाका केन्द्रिय महासचिव सुधिर उपाध्याय र प्रदेश अध्यक्ष भुपालराज श्रेष्ठ लगायतले नगद हस्तान्तरण गरेका थिए ।

सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष हेमराज वाँस्तोला र अग्रज पर्यटन व्यवसायी मोहन निरौलालाई सम्मानित गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भुपालराज श्रेष्ठले गरेका थिए भने नाटाका केन्द्रिय महासचिव सुधिर उपाध्याय, केन्द्रीय सदस्य डेन्डी शेर्पा, नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर १ पर्यटन समिति संयोजक तथा हानका प्रदेश सदस्य भवेशकुमार श्रेष्ठ, फणिन्द्र अधिकारी, राजन श्रेष्ठ, सुमन शर्मा सुमन शर्मा जमरकट्टेललगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु