नेपाल तथा भारतको पर्यटन प्रवद्र्धनको लागि घनिभूत छलफल

2025-04-09 मा प्रकाशित

मेचीनग ।  कोशी प्रदेशका सांसद गोपाल तामाले कोशी प्रदेश टुरिजमको लागि अत्यन्तै सम्भावना बोकेके क्षेत्र भएको बताएका छन् । हामीले यो क्षेत्रलाई अझै चिन्न सकेनौं यसले हामीलाई ठूलो क्षति भइरहेको छ । मेचीनगरमा मंगलबार सम्पन्न ‘दोस्रो क्रस बोर्डर टुरिजम सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । विश्वका १० अग्ला शिखर मध्ये ५ वटा अग्ला शिखर नेपालको कोशी प्रदेशमै रहेको भन्दै उनले आफ्नो ठाउँ चिन्न नसक्दा सुनको थालिमा भिख मागेर खाएको जस्तो आभास भइरहेको बताए । सांसद तामाङले सिंगो कोशी प्रदेशका जनताको समृद्धिकोलागि कोशी क्षेत्र पर्यटकीय हव बन्ने दावी गरे ।
‘पूर्वको एयरपोर्ट भद्रपुर, विराटनगर एयरपोर्टलाई सदुपयोग गर्ने हो भने ३२ मिनेटमै लुग्ला पुग्न सकिन्छ,’ उनले भने, ‘एभरेष्ट बेस क्याम्पमा खाना खाएर सगरमाथाको काखमा बसेर एक दिनमै फर्कन सक्छौं । तर केन्द्र सरकार हावी हुँदा हामी पछि परको छौं ।’ यो रुटलाई चलाउन सक्ने हो भने कोशी प्रदेशमा ठूलो संख्यामा पर्यटक भित्राउन सकिने उनको भनाइ थियो ।
कार्यक्रमकी विशेष अतिथि मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले पर्यटन वर्षका लागि सरकारले ‘८२ का लागि ८२ पर्यटकीय गन्तव्य’ सूची तयार पारेर १० करोड बजेट समेत विनियोजन गरेको बताइन् । उनले कोशी प्रदेश सरकारले घोषणा गरेको ‘कोशी पर्यटन वर्षका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरिन् ।
कोशी प्रदेश पर्यटनको हिसाबले नेपालको मात्रै नभइ विश्वकै उत्कृष्ट गन्तव्य भएको छ । यद्यपि, यथोचित प्रचारप्रसार र गन्तव्यहरुको प्रवर्धन गर्न नसक्दा चाहेजस्तो उपलब्धि हासिल नभएको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक सूर्य थपलिया, अध्यगमन कार्यालय काँकरभिट्टाका प्रमुख तुलसीप्रसाद भट्टराई, ईस्टन हिमालयन टुर एण्ड ट्राभल अपरेर्टस एशोसिएसशन भारतका अध्यक्ष सुरेश ठकुरीलेलगायतले बोलेका थिए ।
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स नाट्टा कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स नाट्टा कोशी प्रदेशका महासचिव नविन खरेलले गरेका गरेका थिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजन लामा सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सरक्षा गुल्म काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक शमशेर कार्की, नेपाललगायत भारतका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधि, दुवै देशका पर्यटन व्यवसायीसहित सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल र भारतका विभिन्न पर्यटकिय स्थलको बृत्तचित्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पादैं कार्यक्रम संयोजक एवम् नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स नाट्टा कोशी प्रदेशका निवर्तमान अध्यक्ष एवम् पर्यटन व्यवसायी उदयकुमार श्रेष्ठले नाट्टा कोशी प्रदेश र ईस्टन हिमालयन टुर एण्ड ट्राभल अपरेर्टस एशोसिएसशन भारतबीचको एशोसिएट सदस्यका लागि एमओयू र क्रस बोडर टुरिजम सम्बन्धी प्यानल डिस्कस भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु