तेस्रो आदिवासी जनजाति महोत्सवमा दर्शकको भीड बढ्यो

2025-04-14 मा प्रकाशित

मेचीनगर । मेचीनगरको काँकरभिट्टामा जारी तेस्रो आदिवासी जनजाति साँस्कृतिक  महोत्सवमा दर्शकको भीड बढ्न थालेको छ । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको रोचक प्रस्तुतीले हरेक दिन दर्शकको भीड बढ्न थालेको आयोजक समितिका मिडिया संयोजक ओम प्रकाश खापुङले जानकारी दिए ।


आदिवासी जनजातिहरुको कला संस्कृति तथा खानपानका परिकारको विषयमा जानकारी गराउने उद्देश्यले आयोजित महोत्सवमा मेचीनगर क्षेत्रमा रहेका १९ जातजातिहरुले आफ्नो कला र संस्कृति प्रस्तुत गरिरहेका छन् । उनीहरुले जातीय संस्कार र संस्कृतिका बिभिन्न सामाग्री समेत स्टलमा सजाएका छन् भने खानाका परिकार समेत अतिथिहरुलाई पस्किँदै र जानकारी गराउँदै आएका छन् ।
सोमबार राष्ट्रिय कलाकारहरु गंगा फ्याक, उत्तमजंग लिम्बू, किरण भूजेल र दीपक लिम्बूको सांगीतिक प्रस्तुती सँगै दर्शक झुमेका थिए । चैत्र २७ गतेदेखि सुरु भएको महोत्सव भोलि बैशाक २ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु